पैह्रोले पुरिएर आमा र दुई छोराको मृत्यु

0
886

गान्तोक, २८ जूनः सिक्किममा पैह्रोले पुरिएर आमा र दुई छोराको मृत्यु भएको छ। यो घटना सिक्किमको राजधानी गान्तोकदेखि केही माथि रोङ्गे दोकान डाँडामा हिजो सोमबार राति करिब १.१५ बजे भएको हो ।

अविरल परेको वर्षाका कारण गएको पैह्रोले विमल मगरको कच्चा घरलाई पुर्दा उनी पत्नी २७ वर्षीय डोमा शेर्पा, १० वर्षे ठूलो छोरा र सात महिने छोराको मर्मान्तिक मृत्यु भएको छ ।

पेशाले चालक विमल मगरले घटनाको समय घरमा थिएनन्। उनी सिलगढी रहेको बताइएको छ।

गान्तोकका महकुमा अधिकारी रविन सेवा आफ्नो टिमसँग तत्कालै घटनास्थल पुगी उद्धार एवं खोजी कार्यमा जुटेका थिए भने यस टिमले हिजै राति पैह्रोले पुरेका तीनवटै शवलाई निकालेर पोस्टमर्टमका लागि पठाएको छ।

विमल मगरका परिवार मूल रूपले पश्चिम सिक्किमनिवासी रहेको र केही वर्षदेखि रोङ्गे डाँडामा कच्चा घर बनाइ बस्दै आइरहेका थिए।

स्मरण रहोस्, पछिल्ला केही दिनयता गान्तोकमा लगातार रूपमा मुसलधारे पानी परिरहेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here