सिलगढी-काठमाडौँ बस सेवा शुरू

0
1099

सिलगढी, ६ जुलाईः अब काठमाडौँ जानका लागि अब सिलगढी तथा संलग्न क्षेत्रका मानिसहरू बस चढ्न नेपालको काँकरभिट्टा पुगिरहनुपर्ने आवश्यकता छैन। सिलगढीबाट सोझै काठमाडौँसम्म चल्ने बस सेवा शुरू भएको छ। यो बस सेवा आजदेखि उत्तर बङ्गाल राज्य परिवहन निगमले शुरू गरेको हो।

राज्यका परिवहन मन्त्री फिरहाद हाकिमले यस बस सेवाको आज उद्घाटन गरे।

यसअवसरमा उत्तर बङ्गाल राज्य परिवहन निगमका अध्यक्ष पार्थ प्रतिम रायलगायत अन्य प्रशासनिक अधिकारीहरू पनि उपस्थित थिए।

सिलगढीको तेञ्जिङ नोर्गे बस टर्मिनसबाट दुईवटा बस चल्नेछन् । दुवै बसमा 41 सिट रहेका छन्। एउटा बस सोमबार, बुधबार र शुक्रबार तथा अर्को बस मङ्गलबार, बिहीबार र शनिबार सिलगढीबाट काठमाडौँ प्रस्थान गर्नेछन्।

बसको भाडा प्रतिव्यक्ति 1500 रुपियाँ निर्धारित गरिएको छ।

यी दुवै बस सिलगढीबाट अपराह्न 3 बजे काठमाडौँ प्रस्थान गर्नेछ।

जानकारीका अनुसार उत्तर बङ्गाल राज्य परिवहन निगमद्वारा सञ्चालित यो पहिलो अन्तर्राष्ट्रिय बस सेवा हो।

यसैबिच, मन्त्री फिरहाद हाकिमले यस अन्तर्राष्ट्रिय बस सेवाले भारत-नेपालबिचको सम्बन्ध थप बलियो हुने बताए।

साथै उनले सिलगढीबाट बङ्ग्लादेशसम्म बस सेवा शुरू गर्ने पहल भइरहेको जानकारी पनि गराए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here