राजीनामाको खबर झुटो र भ्रामक : शान्ता छेत्री

0
822

सिलगढी, १० जुलाई : आफूले तृणमूल कङ्ग्रेस कालेबुङ जिल्ला अध्यक्षाको पदबाट राजीनामा दिएको भनिएको खबरलाई राज्यसभा सांसद एवं हिल तृणमूल नेतृ शान्ता छेत्री खण्डन गरेकी छन्।

उनका अनुसार यो खबर एकदमै झुटो र भ्रामक हो।

उल्लेखनीय छ, सिलगढीबाट प्रकाशित हुने एक बङ्ग्ला दैनिकमा आइतबार शान्ता छेत्रीले तृणमूल कङ्ग्रेस कालेबुङ जिल्ला समितिको अध्यक्षा पदबाट राजीनामा दिएको खबर प्रकाशित गरेपछि आज बिहानैदेखि सोशल मिडियामा यो खबर भाइरल बनेको थियो।

यद्यपि एक विज्ञप्ति जारी गरी छेत्रीले यो समाचारलाई झुटो र भ्रामक मात्र बताएकी छैनन् तर सम्बन्धित समाचार-पत्रले भोलिको संस्करणमा माफी माग्नुपर्ने पनि माग गरेकी छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here