विमलले जारी गरे अडियो, भने- दुईजनाले आफ्नो झोला भर्ने राजनीति गर्दैछन्

0
1088
गोजमुमो प्रमुख विमल गुरुङ (फाइल फोटो)।

खरसाङ, 14 सेप्टेम्बर :  गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) प्रमुख विमल गुरुङले शुक्रवार अडियो क्लिप जारी गरी पहाड़का दुईजना नेताले स्वार्थको राजनीति गरिरहेको आरोप लगाएका छन्। विमलले सोझै विनय तामाङ र अनित थापाको नाम अडियोमा लिएका छैनन्, तर परोक्ष रूपले यी दुई नेताले आफ्नो झोला भर्ने कार्य गरेको आरोप लगाएका छन्। साथै गुरुङले यी दुई नेताले आफ्नो दलमा सामेल गर्नका लागि अन्यलाई प्रशासनको डर देखाइरहेको आरोप लगाएका छन्।
दुई व्यक्तिले अहिले राजनीति गरिरहेका छन्। स्वार्थको नीति। आफ्नो झोला भर्ने राजनीति गर्दैछन्। व्यक्ति स्वार्थका लागि राजनीति गर्दैछन्। म भन्न चाहन्छु, के उनीहरूको घरमा परिवार छैन? उनीहरूको घरमा छोराछोरी छैनन्?, गुरुङले अडियोमा भनेका छन्, “उनीहरूको घरमा आज निमा तामाङको घरमा जस्तो अवस्था भएको भए  के हुन्थ्यो होला? यी कुरा याद गर्नुपर्थ्यो। किनभने हामी मानव हौं। मानवताको आधारमा पनि माया भन्ने कुरा हुनुपर्छ। कसैको घर उजाड़ बनाएर, कसैको घर ध्वस्त पारेर, कसैको घर जलाएर, कसैको घरको धन सम्पत्ति लुटेर आज राजनीतिक धरातलमा बस्छु भन्नु सुहाउँदैन। पापको भाँड़ा भरिन आँटेको छ। यो भरिएपछि अवस्था के हुन्छ?”
अडियोमा उनले आफूहरू कसैलाई पनि नमारिकन, कसैलाई नराम्रो नगरीकन राजनीतिक सफल पार्न चाहेको तर बङ्गाल सरकारले् बङ्गालको कालो कानूनले जहिल्यै पनि गणतान्त्रकिक ढङ्गमा काम गर्दा पनि नभएका विभिन्न आरोप लगाएर सताउने र आफ्नो ठाउँबाट उच्छेद गर्ने कार्य गरेको बताएका छन्।घरी बम पड़्कायो, घरी हातहतियार भेटायो, घरी घर जलायो त घरी पुलिस मार्यो भनेर हामीमाथि विभिन्न आरोप लगाइ बदनाम गर्ने र झूटो मुद्दामा फँसाउने काम गर्दैछ”, उनले अडियोमा भनेका छन्।
16 मिनट 3 सेकेन्डको अडियोमा उनले बङ्गालको गैरकानुनी कार्यको सबैले एकजुट भएर प्रतिकार गर्नुपर्ने आशयको अपील गरेका छन्। यसअवधि गुरुङले आफूहरूले बाँचेर जाति र माटोलाई बचाउन चाहेको र डराएर भने नभागेको पनि स्पष्टीकरण दिएका छन्।हाम्रा राजनीतिक दलका नेतृत्वहरू, सङ्घसंस्थाका प्रतिनिधिहरू व्यक्ति विशेषहरू के तपाईंहरूले आफ्ना अधिकार र बङ्गालको अन्याय अत्याचारविरुद्ध आँखा चिम्लेर बसिदिनुहुन्छ?”, उनले भनेका छन्। गुरुङले यसो निमा तामाङको घर पुलिसले कुड्की गरेको सन्दर्भमा भनेका हुन्। पुलिसले घरको दैलौ र खिड्की उप्काएर लैजानका साथै घरभित्रका समाग्रीहरू जफत गरेको विरुद्ध तीखो प्रतिक्रिया व्यक्त गर्दै निमा तामाङ आफ्नो जाति र माटो लागि भूमिगत भएको बताएका छन्। निमा तामाङमाथि अन्याय अत्याचार हुँदा आफूलाई जाति र समाजको हिमायती ठान्नेहरू बोल्नुपर्ने गुरुङको भनाइ छ।निमाले स्वार्थका लागि राजनीति गरेका छैनन्। विमल गुरुङले आज स्वार्थका लागि राजनीति गरेका छैनन्। रोशन गिरीले आज आफ्नो स्वार्थका राजनीति गरेका छैनन्। प्रकाश गुरुङले आज स्वार्थको राजनीति गरेका छैनन्। दीपेन मालेले आज स्वार्थका लागि राजनीति गरेका छैनन्।  सबै सबैले आफ्नो जाति र माटोका लड़ाइँका लागि आज भूमिगत भएका छन्”, अडियोमा उनले थपे, “हो आज हामीलाई मार्नका लागि नै बङ्गाल सरकार लागेको थियो। जसरी पनि हाम्रो यिनीहरूको शव लिएर आउनु भनेर आदेश भएको थियो। बङ्गालको शासन विमल गुरुङको शव लिएर आउनु भन्ने घोषणा भएको थियो। यसैले म बाँचेर मेरो जातिलाई बचाउनुपर्छ भन्ने भएर काम गर्दैछु।
गोजमुमो प्रमुखका अनुसार बङ्गाल सरकार दार्जीलिङमा घोर अत्याचार गर्दैछ। दार्जीलिङमा घोर अन्याय अत्याचार हुँदैछ। मौलिक अधिकार र अभिव्यक्तिको स्वाधीनता बङ्गाल सरकारले खोसेको विमलको आरोप छ।
उनले अडियोमा थप भनेका छन्, “मेरो घर तोड़फोड़ गरियो। मेरो गाड़ीहरू जलाइयो, तर मैले हेरिरहे, किनभने आज म जातिका लागि लड़दा ती समानहरू नोक्सान गरे पनि मलाई नोक्सान गर्न सकेको छैन। आज म बाँचेको छु भोलिको दिनमा अवश्यै भगवानले मलाई ती कुराहरू दिनसक्छन्। यस्तै सङ्कल्प लिएर जाति बचाउने काम गर्दैछु। म चाहन्छु, सबै पार्टी, सङ्घ संस्थाले आज जुन प्रकारले कालेबुङ र विभिन्न ठाउँमा घर जलाउने, घर कुड्की गर्ने, अन्याय अत्याचार गर्ने काम बङ्गालले गर्दैछ, यसविरुद्ध हाम्रा दाजुभाइ बोलिदिनुपर्छ।
उनले सबैको दिन फर्किने  पनि बताएका छन्।बङ्गाल सरकारको कालो कानूनदेखि वाक्क दिक्क भएर मानिसहरूले बोल्न सक्नुपर्छ। किनभने सधैँभरि ममता ब्यानर्जी अजम्बरी भएर राजनीति गर्न र बङ्गालको शासनमा बस्छु भनेर आएकी छैनन्। भोलिको दिनमा पापको हाँड़ी फुट्छ। त्यस्तो अवस्थामा ममता ब्यानर्जीले मानवता भन्ने कुरा बुझ्छ। जसरी हामीलाई खेदी खेदी बन्दुकले हिर्काइ हिर्काइ राजनीति गर्दैछ, भोलिको दिनमा ममता ब्यानर्जीको राजनीतिक करिअर अजम्बरी कहिले हुँदैन।
गोजमुमो प्रमुखले आफूले भारतको संविधानको आधारमा अधिकार मागेको बताएका छन्।हामीले छुट्टै देश मागेका होइनौं। हामी देसबाट अलग हुन्छौं भनेका होइनौं। हामी अधिकार, भाषा, अधिकार, संस्कृति हाम्रो विभिन्न कलाहरू बङ्गालसँग मिल्दैन”, उनले थपेका छन्, “यो सन्सेटिभ जोन हो। चिकन नेक हो। भोलिको  दिनमा यो चिकन नेकमा अन्य देशको चलखेल नहोस् भनेर हाम्रो समस्याको समाधान गरिदेउ भनेका हौं।
उनले वार्ताको टेबलमा एर बङ्गालले समस्या समाधानका लागि सोच्नुपर्ने गुरुङले बताएका छन्।बङ्गालले दार्जीलिङकालेबुङ र तराईडुवर्समा जुन अन्याय अत्याचारको राजनीति बङ्गालले गर्दैछ, त्यो बन्द गर्नु पर्छ। यो विमल गुरुङको हो भन्ने अन्याय अत्याचारको राजनीति बन्द गर्नुपर्छ”, उनले भनेका छन्। सी सीपीएमले 34 वर्षमा गरेको अन्याय अत्याचारभन्दा चार गुणा बढ़ी अन्याय अत्याचार ममता ब्यानर्जीले गरिसकेको विमलको आरोप छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here