सुनिल छेत्री  ‘फुटबलर अव् द इयर’

0
1967

नयाँ दिल्ली, ९ अगस्तः भारतका गोल मशिन सुनिल छेत्रीले २०२१-२२ का सर्वश्रेष्ठ फुटबलर बनेका छन्।

राष्ट्रिय टिमका कप्तान समेत रहेका छेत्रीलाई आज अखिल भारतीय फुटबल महासङ्घले २०२१-२२ का सर्वश्रेष्ठ पुरुष फुटबलर चयन गरेको हो, जबकि महिलावर्गमा मनिषा कल्याणले यो पुरस्कार जितेकी छन्।

सुनिल छेत्री देशका सर्वश्रेष्ठ फुटबलर चुनिएको यो सातौँपटक हो। यसभन्दा अघि छेत्रीले २००७, २०११, २०१३, २०१४, २०१७ र २०१९ मा यो पुरस्कार प्राप्त गरेका थिए ।

एक्टिभ इन्टरनेशनल फुटबलरमध्ये तेस्रा सर्वाधिक गोलकर्ता सुनिल छेत्रीले एएफसी एशिया कप क्वालिफायरको तेस्रो चरणका तीन खेलमा चार गोल गरेका थिए ।

यति मात्र होइन साफ च्याम्पियनशिपमा पनि सुनिल छेत्रीले उत्कृष्ट प्रदर्शन गर्दै कुल ५ गोल गरेका थिए । छेत्रीकै उत्कृष्ट प्रदर्शनको आडमा भारतले आठौँपटक साफ च्याम्पियनशिपको उपाधि उचालेको थियो ।

“साफ च्याम्पियनशिपमा पाँच गोल गरी सुनिल छेत्री सर्वाधिक गोलकर्ता बनेका थिए। उनी टुर्नामेन्टका सर्वश्रेष्ठ खेलाडी पनिचयन भएका थिए”, राष्ट्रिय प्रशिक्षक इगोर स्टिमकले थपे, “यति मात्र होइन, छेत्रीले एएफसी एशिया कप क्वालिफायरको तेस्रो चरणका तीन खेलमा चार गोल गरे।”

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here