शब्दसमयमा संस्मरण ‘ताजा’

0
790

सालबारी, २८ अगस्तः शनिबार स्थानीय सयपत्री सङ्घको भवनमा सम्पन्नमा शब्दसमयको १०९औँ  प्रकरण सम्पन्न भयो ।

शब्दसमयका संयोजक खडकराज गिरीद्वारा सञ्चालित यस प्रकरणमा वरिष्ठ साहित्यकार नरबहादुरले संस्मरण, वरिष्ठ कविद्वय भविलाल लामिछाने र ज्ञानेन्द्र खतिवडाले कविता,  वरिष्ठ कवि मोहन ठकुरीले सञ्जीव छेत्री र उदय थुलुङका एक-एकवटा गजल सुनाएका थिए ।

त्यसैगरी चित्रकार/कथाकार सुवास छेत्रीले लघुतम् कथा, प्रकाशमणि प्रधानले कथा, मनप्रसन्न योञ्जन, मुकेश उपमा मगर, लीलबहादुर सुनार कविता वाचन गरे भने श्याम पुरीले संस्मरण र कविता सुनाए ।

कार्यक्रमको शुरूमा भानु प्रज्ञा अन्तरदेशीय नेपाली साहित्य पुरस्कारप्रापक नरबहादुर दाहाल र धनवीर मुखिया पुरस्कार प्रापक नाट्यकलाकार टङ्क शर्मालाई शब्दसमयको तर्फबाट सम्मान सम्मान गर्दै बधाई टक्राइएको थियो ।

यसैअवसरमा अभिनेता/नाट्यकलाकार शर्माले धनवीर मुखियासँगको संसर्ग र नाटक क्षेत्रमा आफ्ना सुरुवाती दिनहरूबारे रोचक संस्मरण सुनाएका थिए ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here