जीटीएमा दुईस्तरीय पञ्चायत चुनाउ हुनपर्छ : अनित

0
758

दार्जिलिङ, २९ अगस्तः जीटीएमा दुईस्तरीय पञ्चायत चुनाउ हुनपर्ने माग जीटीए चिफ अनित थापाले गरेका छन् ।

यसै माग गर्दै थापाले राज्यकी मुख्यमन्त्री एवं मुख्य सचिवलाई पत्राचार गरेका छन्, जसमा  पञ्चायत चुनाउका लागि हुने पुनः पुनर्सीमाङ्कनको पहल जीटीए क्षेत्रमा पनि हुनुपर्ने तथा जीटीएको कानुनमा प्राप्त प्रावधान अनुसार दुईस्तरीय (ग्राम पञ्चायत र पञ्चायत समिति) पञ्चायत चुनाउ हुनपर्ने दुईवटा माग गरिएको छ।

“पहाडमा अन्तिम पञ्चायत चुनाउ २००० -मा भएको थियो। तत्पश्चात पहाडको पञ्चायत बीडीओले चलाइरहेको छ। दोस्रो, जीटीए क्षेत्रका पञ्चायतहरूमा निर्वाचित प्रतिनिधिहरू नभएका कारण पञ्चायतमा हुने केन्द्र अनि राज्यका योजनाहरू आउनसकेका छैनन्”, अनितले भनेका छन्, “तेस्रो, पञ्चायत कार्यालयहरुमा धेरै रिक्त पद छन्, व्यवस्था नभएका कारण नै आजसम्म यी पदहरू खाली नै रहेकाछन्।”

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here