प्रबन्धन समितिको चुनाउमाथि जीटीएद्वारा स्थगित, हाम्रो पार्टीले जतायो आशङ्का

0
732

दार्जिलिङ, १ सेप्टेम्बरः जीटीए क्षेत्रका सरकारी विद्यालयहरूमा प्रबन्धन समितिको चुनाउ स्थगित गर्ने जीटीए शिक्षा विभागको निर्णयमाथि हाम्रो पार्टीले शङ्का जताएको छ ।

हिजो जीटीएको शिक्षा विभागका कार्यकारी निर्देशकले एक आदेश जारी गरी जीटीए क्षेत्रका सरकारी विद्यालयहरूमा प्रबन्धन समितिको चुनाउमाथि जीटीएले आउँदो आदेशसम्मका लागि स्थगित राख्ने निर्णय गरेको जानकारी गराएको छ ।

यसैबिच हाम्रो पार्टीका अध्यक्ष एवं दार्जिलिङ सदर -३ का सभासद् अजय एड्वर्ड्सले प्रवर्तन निदेशालयको सम्भावित जाँचबाट बच्न तथा आफ्ना गल्तीहरू लुकाउनका लागि जीटीएले यस्तो कदम उठाएको हुनसक्ने आशङ्का गरेका छन् । किनभने प्रवर्तन निदेशालयले २०११ यता प्राथमिक पाठशालाहरूमा नियुक्ति पाएका शिक्षकहरूको पूर्ण सूची मागेको एड्वर्ड्सको भनाइ छ ।

अर्कोतर्फ शान्तिरानी उच्चतर माध्यमिक विद्यालयको प्रबन्धन समितिको चुनाउ जितेको हाम्रो पार्टीले गोरुबथान क्षेत्रका विद्यालयहरूका प्रबन्धन समितिको चुनाउ जित्ने एड्वर्ड्सको ठोकुवा छ ।

साथै उनले अवैध शिक्षक नियुक्तिको उचित जाँच हुनुपर्ने तथा योग्य व्यक्तिहरूले शिक्षक नियुक्ति पाउनुपर्ने मागलाई पनि दोहोऱ्याएका छन् ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here