नयाँ दिल्ली, २ सेप्टेम्बरः अल इन्डियन फुटबल फेडरेसन अर्थात एआईएफएफ अध्यक्षको चुनाउमा भाइचुङ भोटिया पराजित भएका छन् ।
भारतका लिजेन्ड फुटबलर भाइचुङ भोटियालाई पूर्व गोलकिपर एवं भाजपा नेता कल्याण चौबेले ३३-१ को मतान्तरले पराजित गरेका हुन् ।
सिक्किम फुटबल सङ्घको समेत समर्थन प्राप्त नभएका भोटियालाई राज्य सङ्घका प्रतिनिधिहरूको ३४ सदस्यीय निर्वाचक मण्डलबाट भने अधिक समर्थन प्राप्त थिएन, जसका कारण उनी पराजित भएका हुन् ।
पछिल्लो लोकसभा चुनाउमा बङ्गालको कृष्ण नगर सिटबाट पराजित भएका कल्याण चौबे मोहन बगान र इस्ट बेङ्गालका पूर्व गोलकिपर हुन् । इस्ट बेङ्गालमा भाइचुङ र कल्याण चौबे टिम मेट थिए ।
यसैबिच भाइचुङ भोटियाले कल्याण चौबेलाई एआईएफएफ अध्यक्ष निर्वाचित भएकोमा बधाई दिएका छन् ।
साथै भारतीय फुटबलको उन्नतिका लागि आफूले सधैँ कार्य गर्ने पनि भोटियाले बताएका छन् ।