सिलगढी, १८ सेप्टेम्बरः सिक्किमबाट सिलगढीतर्फ आइरहेको एसएनटी बसको ठक्करले स्कुटी चालकको घटनास्थलमै मृत्यु भएपछि आक्रोशित मानिसहरूले उक्त बसमा तोडफोड गर्नका साथै आगो झोसिदिए, जसका कारण बस पूर्ण रूपमा जलेको छ ।
यो घटना आज अपराह्न सालुगढा बजारदेखि केही टाढा बेङ्गल सफारी छेउ भएको हो ।
घटनाको सूचना पाएपछि पुलिस बल र अग्निशमन विभागका कर्मीहरू घटनास्थलमा पुगेर आगोलाई नियन्त्रणमा लिए तापनि बस त्यसबेलासम्म आधासरो जलिसकेको थियो ।
जानकारीका अनुसार बसको ठक्करबाट ज्यान गुमाएका स्कुटी चालकका नाम सचिन छेत्री हो । उनी सेवक बजारनिवासी हुन् ।
अर्कोतर्फ बसका चालकलाई पुलिसले पक्राउ गरेको बताइएको छ ।
यस दुर्घटनाका कारण राष्ट्रिय राजमार्ग -१० मा केही समय यातायात बाधित बनेको थियो ।