दार्जिलिङ, २९ सेप्टेम्बरः भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (भागोप्रमो) र बन्सल कम्पनीमाझ साठगाँठ भएका कारण आज दार्जिलिङका १० वटा दार्जिलिङ बन्द भएको आरोप भारतीय जनता युवा मोर्चा राज्य कार्यकारी सदस्य सञ्जीव लामाले लगाएका छन् ।
भागोप्रमोको श्रमिक सङ्गठन हिल तराई डुवर्स प्लान्टेसन वर्कर्स युनियनका केन्द्रीय अध्यक्ष जेबी तामाङले दार्जिलिङ अर्ग्यानिक टी इस्टेटका कार्यकारी अध्यक्षलाई ७ सेप्टेम्बरका दिन लेखेको पत्र नै यी दुईबिच साठगाँठको प्रमाण रहेको लामाले भनाइ छ ।
भाजपाका यी युवा नेताको आरोपका अनुसार अनित थापा र जेबी तामाङजस्ता गरिबमारा बिचौलियाहरूका कारण श्रमिकहरूले पाउनुपर्ने रकम समेत बिचैमा हराउने गरेको छ ।
उल्लेखनीय छ, सेप्टेम्बर महिनाको शुरूमै भागोप्रमोको श्रमिक सङ्गठनले बन्सल कम्पनीले श्रमिकहरूलाई समयमा वेतन नदिएको भन्दै दार्जिलिङ जिल्लापाल कार्यालयअघि धर्ना प्रदर्शन र रिले अनसन शुरू गरेको थियो ।
करिब साताभन्दा बढी धर्ना प्रदर्शन रिले अनसन जारी रहेपछि बन्सल कम्पनीले आफ्ना श्रमिकहरूलाई दिइनुपर्ने सबै वेतन चुक्ता गर्ने अफर दिएको भन्दै हिल तराई डुवर्स प्लान्टेसन वर्कर्स युनियनले धर्ना प्रदर्शन र रिले अनसनलाई फिर्ता लिएको थियो । तर बोनस दिनका सट्टा उल्टै बन्सल अधीनस्थ १० चियाकमानका प्रबन्धकहरू सुइँकुच्चा ठोकेपछि श्रमिकहरू आक्रोशित बनेका छन् ।
बन्सल अधीनस्थ चियाकमानहरूमा यो अवस्था सिर्जना हुनमा धेरैले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका नेतृत्वहरूलाई दोष्याएका छन् ।