योगिता राईको ‘समय स्वर’ सार्वजनिक

0
890

दार्जिलिङ, १४ अक्टोबर : दार्जिलिङकी प्रखर कवयित्री योगिता राईको कविता सङ्ग्रह समय स्वर पाठकहरूमाझ आइपुगेको छ ।

आज दार्जिलिङको युनिक बिल्डिङको छतमा सामान्य र नौलो प्रकारले यस कविता सङ्ग्रहको लोकार्पण गरियो ।

यस अवसरमा वरिष्ठ गीतकार चन्द्रमीत लक्सम, अजित बस्नेत, नाटककार/चित्रकार सरोज राणा, कवि मिलन बान्तवा, नेपाली साहित्य सम्मेलनका मूल सचिव महेन्द्र प्रधान, लेखिका सुमित्रा थामी ‘अविरल’, सामाजिक अभियन्ता छेवाङ योञ्जन, साहित्यप्रेमी सरोजा प्रधान, चन्द्र राई कला सङ्गम मञ्चका अध्यक्ष बिसन कार्की, सुमन लामिछाने, प्रविणा खातुन, प्रविका शर्मा, मोजेस त्रिखत्री, विशाल सेर्घाइ र प्रितम मैनाली आदि उपस्थित थिए ।

उनीहरू सबैको हातबाट समय स्वरको लोकार्पण गरिएको हो ।

समय स्वरमा मझौला र छोटा गरी कुल ४५ कविता समाविष्ट छन् । यो योगिता राईको दोस्रो प्रकाशित कविता कृति हो ।

यसभन्दा अघि उनको २०१९ मा समयबोध कविता सङ्ग्रह प्रकाशित भइसकेको छ ।

“समयको अभाव र कतिपय व्यस्तताका कारण यसरी सामान्य प्रकारले समय स्वरको लोकार्पण गरेकी हुँ”, कवयित्रीले राईले थपिन्, “मेरो कविता सङ्ग्रह पाठकसमक्ष आएको छ। विज्ञ पाठक र साहित्यिक अध्येताहरूले समय स्वरका कमी कमजोरीहरू देखाइदिनेछन् भन्ने कुरामा म ढुक्क छु।”

उनले समय स्वरले मूर्त रूप प्राप्त गर्नमा सहयोग पुऱ्याउने सहयोगीहरूलाई यस क्षणमा सम्झना गर्दै सबैप्रति आभार प्रकट गरेकी छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here