टिस्टामा खस्यो वाहन, चालक र खलासी सकुशल

0
806

सिलगढी, १७ अक्टोबरः राष्ट्रिय राजमार्ग १० मा फेरि वाहन दुर्घटना भएको छ । आज बिहान करिब ३.३० बजे २९ माइलको डाँडामा डब्ल्यूबी ७३ सी ३८६३ नम्बरको मालवाहक वाहन दुर्घटनामा परेको हो ।

वाहन टिस्टामा खस्न अघि नै चालक चन्द्र प्रसाद र खलासी रितेश थापाले हाम फालेर आफूलाई बचाउन सफल भए ।

उक्त मालवाहक वाहन सिलगढीबाट सिमेन्ट लिएर दक्षिण सिक्किमको जोरथाङतर्फ गइरहेको थियो ।

ब्रेक फेल भएका कारण वाहन दुर्घटनामा परेको चालक चन्द्र प्रसादले बताएका छन् ।

“ब्रेक नै नलागेपछि हामी दुवैले हाम फालेर ज्यान जोगायौँ”, उनले भने । 

वाहन मूल सडकबाट सोझै टिस्टा नदीमा खसेको छ । टिस्टा-रङ्गीत उद्धार टोलीका सदस्यहरू उद्धार कार्यमा जुटेका छन् ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here