कवि केवलचन्द्र लामालाई नन्द प्रसाद-हरिप्रिया स्मृति पुरस्कार

0
1897
कवि केवलचन्द्र लामा (फाइल फोटो)।

खरसाङ, ८ मार्च :  यस वर्षको नन्दप्रसाद-हरिप्रिया स्मृति साहित्य पुरस्कार चर्चित कवि केवलचन्द्र लामा प्रदान गरिने भएको छ।  गोर्खा जनपुस्तकालयका महासचिव प्रकाश प्रधानले यसको जानकारी गराएका हुन्।

साहित्यकार नगेन्द्र शर्माले आफ्ना दिवङ्गत आमा-बाबा हरिप्रिया र नन्द प्रसादको स्मृतिमा यो पुरस्कार स्थापना गरेका हुन्। गोर्खा जनपुस्तकालयसँग संयुक्त रूपमा साहित्यकार नगेन्द्र शर्माले सन् २०१६-मा भारतेली नेपाली साहित्यलाई उल्लेखनीय योगदान दिने उद्देश्य राखेर नन्द प्रसाद-हरिप्रिया स्मृति साहित्य पुरस्कार गुठी स्थापना गरिएको हो।

जानकारीका अनुसार यो पुस्कार प्रत्येक दुई वर्षमा प्रदान गरिन्छ। सन् २०१६ –का सिलगढ़ी निवासी साहित्यसेवी मिमलाल सापकोटालाई प्रदान गरिएको थियो भने यसवर्ष कवि दार्जीलिङनिवासी कवि केवलचन्द्र लामालाई प्रदान गरिने निधो गरिएको हो।

गोजपुका महासचिव प्रधानका अनुसार यसै मार्च महिनाभित्रै पुस्तकालयमा एक साहित्यिक कार्यक्रम आयोजन गरी कवि लामालाई नन्द प्रसाद-हरिप्रिया स्मृति साहित्य पुरस्कार अर्पण गरिनेछ।

उल्लेखनीय छ, सन् ८० को दशकदेखि कविता लेखन शुरु गरेका  केवलचन्द्र लामा भारतेली नेपाली साहित्यका चर्चित कवि हुन्।

उनको अहिलेसम्म खण्ड-अखण्ड, केवलय, घर र आँखी झरी गरी चारवटा काव्य कृति प्रकाशित छन्। केवल कवि मात्र होइन्, उम्दा चित्रकार र सफल गीतकार पनि  हुन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here