एनएच -१० मा एलपीजी ट्याङ्कर र इनोभा ठोकिँदा एक घाइते

0
777

कालेबुङ, २० अक्टोबरः राष्ट्रिय राजमार्ग १० अन्तर्गत २७ माइलमा आज बिहीबार विपरीत दिशाबाट आइरहेका एलपीजी ट्याङ्कर र इनोभा परस्परमा ठोक्किँदा एकजना घाइते भएका छन्, जसलाई उपचारका लागि सिलगढी पठाइएको छ ।

रम्बी पुलिस सूत्रका अनुसार आज बिहान करिब ७.३० बजे सिलगढीबाट सिक्किमतर्फ गइरहेको एसके १ डी २५३६ नम्बरको एलपीजी ट्याङ्कर र सिक्किमबाट सिलगढीतर्फ गइरहेको डब्ल्यूबी ७६ ए ०१३० नम्बरको इनोभा परस्परमा ठोक्किँदा एलपीजी ट्याङ्करका चालक कालीकान्त झा घाइते भएका हुन् ।

इनोभासँग ठोकिएपछि उक्त ट्याङ्कर मूल सडकबाट केही फुट तल खसेका कारण चालक घाइते झा घाइते भएका हुन् ।

जानकारीका अनुसार इनोभामा चालकसहित ७ जना सवार थिए । भाग्यवश कसैलाई पनि कुनै प्रकारका चोट नलागेको बताइएको छ ।

अर्कोतर्फ, मूल सडकदेखि तल खसेको एलपीजी ट्याङ्करलाई भोलि निकाल्ने कार्यअवधि बिहान ६.३० बजेदेखि सिलगढीबाट सिक्किम-कालेबुङतर्फ आउने वाहनलाई रम्बीमा तथा सिक्किम-कालेबुङबाट सिलगढीतर्फ जाने वाहनलाई टिस्टा रोक्ने जानकारी पनि पुलिसले दिएको छ।

सुरक्षालाई ध्यानमा राखेर यसो गरिने भएको हो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here