एसपी शर्मा भागोप्रमोमा सामेल

0
803

दार्जिलिङ, ४ नोभेम्बर :  एसपी शर्मा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अर्थात भागोप्रमोमा सामेल भएका छन्।

जीटीए चुनाउमा अनित थापानेतृत्व भागोप्रमोलाई समर्थन जनाएर चुनाउ प्रचारमै ओर्लेका शर्मा आज आधिकारिक रूपमा यस पार्टीमा सामेल भएका हुन् ।

भागोप्रमोले उनलाई आजै पार्टीको केन्द्रीय प्रवक्ता पनि बनाएको छ ।

शर्मासँगै अन्य चारजना पनि आज भागोप्रमोमा सामेल भएका छन् ।

दार्जिलिङ पहाडसम्बन्धी विभिन्न मुद्दाबारे आफ्नो प्रतिक्रिया व्यक्त गरिरहने एसपी शर्मा शुरूमा प्रताप खातीनेतृत्व अखिल भारतीय गोर्खा लिग अर्थात अभागोलिमा सामेल भएका थिए ।

त्यसपछि उनी भारती तामाङनेतृत्व अभागोलिमा गए । त्यस पार्टीबाट पनि राजीनामा दिएका एसपी शर्माको नेतृत्वमा यसै वर्षको अप्रेल महिनामा भारतीय गोर्खा सुरक्षा परिषद् नाममा नयाँ पार्टी गठन गरिएको थियो।

यद्यपि शर्माले जीटीए चुनाउमा भागोप्रमोलाई समर्थन जनाएपछि विक्रमादि राई, दीपिका गुरुङ, दावा लेप्चालगायत अन्य धेरैले भारतीय गोर्खा सुरक्षा परिषद् छाडेपछि पञ्जीकृत हुनअघि नै यो दलको अस्तित्व सङ्कटमा परेको थियो ।

आज त पार्टी अध्यक्ष एसपी शर्मा नै भागोप्रमोमा सामेल भएका छन् ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here