बैठकमा कुरा मिलेन, जोइन्ट फोरमले गऱ्यो बहिष्कार

0
1246
एचपीडब्ल्यूयूका अध्यक्ष एवं जोइन्ट फोरमका संयोजक जेबी तामाङ।

दार्जीलिङ, 8 मार्च : दार्जीलिङका श्रमिक सङ्गठनहरू र मालिकवर्गका प्रतिनिधिबीच शुक्रवार दार्जीलिङ टी एसोसिएशन (डीटीए)-को कार्यालयमा बसिएको बैठक फलरहित सकिएको छ। कुरा नमिलेपछि बैठकलाई बहिष्कार गर्दै जोइन्ट फोरमका प्रतिनिधिहरू बाहिरिएपछि उक्त बैठक फलरहित सकिएको हो।

जनसंवादसँग कुराकानी गर्दै फोरमका संयोजक जेबी तामाङले भने, “मालिकवर्गले हाम्रो मागलाई समयमा समाधान गर्नमा आनाकानी गरेपछि हामीले सभालाई बहिष्कार गर्दै बाहिरिएका हौं। हामी हाम्रो मागमा अडिग छौं। किनभने हामीले श्रमिकहरूका लागि जुन मागहरू मागिरहेका छौं, त्यो न्याय सङ्गत र श्रमिकहरूले पाउनैपर्ने माग हो।”

तामाङका अनुसार आजको बैठकमा लौहिया, बन्सल र अन्य कम्पनीका प्रतिनिधिहरू बैठकमा उपस्थित थिए।

लगभग चारघण्टासम्म चलेको उक्त बैठकमा शुरुमै चियाश्रमिक, सब-स्टाफ र स्टाफहरूले पाउनुपर्ने बक्यौता राशि (एरियर)-माथि चर्चा परिचर्चा भएको थियो, यद्यपि बैठकमा उपस्थित मालिक पक्षका प्रतिनिधिहरूले उक्त एरियर आगामी  मई-जून महिनाभित्र किश्तीमा दिने  बताएका थिए, जुन कुरालाई जोइन्ट फोरमले सोझै अस्वीकार गर्दै आफ्नो अड़ान अघि राख्नका साथै बैठकलाई बहिष्कार गरेर हिँड़्न नै  उपयुक्त ठानेको संयोजक तामाङले हिमाली बेलालाई बताए।

“हामी हाम्रो अड़ानमा अडिग छौं। हाम्रो मागलाई समयमा पूरा नगरे आगामी 11 मार्चदेखि पत्ती टिप्न नदिने कुरा स्पष्टसँग बैठकमा राखिदिएका छौं”, उनले भने।

जेबी तामाङका अनुसार आगामी आइतबार सिलगढ़ीमा जोइन्ट फोरमको बैठक बसिनेछ। उक्त बैठकमा फोरमले आफ्नो आगामी रणनीति र कार्यक्रम तय गर्नेछ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here