दार्जिलिङ, २० नोभेम्बरः हाम्रो पार्टीका अध्यक्ष अजय एड्वर्ड्सले चियाश्रमिकहरूलाई दिएका वचन पूरा गरेका छन्।
बन्द अवस्थामा रहेको अम्बटे चियाकमानका श्रमिकहरूका समस्या र गुनासो बुझ्न १२ नोभेम्बरका दिन त्यहाँ पुगेका एड्वर्ड्सले चियाश्रमिकहरूलाई सहयोगस्वरूप खाद्यान्न वितरण गर्ने वचन दिएका थिए।
त्यसै वचनलाई पूरा गर्दै आज हाम्रो पार्टीका अध्यक्षले आलुबारी, रम्बुक-सिडर्स, ह्याप्पीभेल्ली आदि चियाकमानका श्रमिकहरूलाई खाद्यान्न पठाए।
यो खाद्यान्न सामग्री लिएर हाम्रो पार्टीको श्रमिक सङ्गठन हिल तराई डुवर्स चियाबारी श्रमिक सङ्घका केन्द्रीय अध्यक्ष डीके गुरुङ उल्लिखित चियाकमान पुगेका थिए।
यस अवसरमा डीके गुरुङले हिल तराई डुवर्स चियाबारी श्रमिक सङ्घले चियाकमान र चियाश्रमिकहरूका समस्या समाधानका लागि इमानदारपूर्वक कार्य गर्ने दाबी गरे।
स्मरणर होस्, हाम्रो पार्टीका अध्यक्ष अजय एड्वर्ड्सले बन्द अवस्थामा रहेका चियाकमानका श्रमिकहरूलाई खाद्यान्न वितरण गर्नका साथै श्रमिकहरूका स्वास्थ्य जाँचका लागि समय समयमा निःशुल्क स्वास्थ्य जाँच शिविर राख्ने पनि अघिबाटै बताइसकेका छन् ।