उद्घाटनी खेलमै हाऱ्यो कतार

0
791
(फोटो स्रोत : फिफा)

दोहा, २० नोभेम्बरः विश्वकप २०२२ को उद्घाटनी खेलमै आयोजक कतार पराजित भएको छ ।

आइतबार राति खेलिएको समूह ‘ए’-को पहिलो खेलमा कतार दक्षिण अमेरिकी देश इक्वेडरसँग ०-२ गोलअन्तरले पराजित भएको हो ।

इक्वेडरको जीतमा कप्तान इनर भेलेन्सिया हिरो बने, जसले आफ्नो टिमका लागि दुवै गोल गरे । उनले खेलको १६ औँ  मिनटमा पेनल्टी र ३१औँ  मिनटमा हेडरमार्फत सुन्दर गोल गरे ।

यसभन्दा अघि खेलको तेस्रो मिनटमै भेलेन्सियाले गोल गरेका थिए, तर उक्त गोल भिडियो असिस्टेन्ट ऱेफ्री (भीएआर)-ले खारेज गरिदिएको थियो ।

अर्कोतर्फ विश्वकप फुटबलको ९२ वर्षको इतिहासमा उद्घाटनी खेलमा पराजित हुने कतार पहिलो आयोजक राष्ट्र बनेको छ ।

कतार र इक्वेडर यसभन्दा अघि अन्तिमपटक २०१८ मा भिडेका थिए, जुन खेलंमा कतार ४-३ को गलोअन्तरले विजयी बनेको थियो।

आइतबार राति पनि कतारीहरूले यस्तै परिणामको आशा गरेका थिए, तर भेलेन्सियाको जादूले उनीहरूको आशालाई निराशामा परिणत गरिदियो ।

यो जीतसँगै इक्वेडरले तीन अङ्क बटुलेको छ । यो समूहमा निदरल्यान्ड्स र सेनेगल पनि छन् ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here