परिचय लिटरेचर फेस्टिवलमा उदय थुलुङ र योगिता राईले कविता सुनाउने

0
1234

सिलगढी, २५ नोभेम्बरः भोलि कोलकाताको चौरङ्घी रोडस्थित रोटरी सदन अडिटोरियममा भइरहेको परिचय लिटरेचर फेस्टिवल २०२२ मा नेपाली भाषा-साहित्यलाई प्रतिनिधित्व गर्दै साहित्य अकादमी पुरस्कारप्रापक कवि/कथाकार उदय थुलुङ र कवि योगिता राई सहभागी बन्दैछन् ।

यस साहित्य उत्सवमा सहभागी बन्न हिजै कोलकाता प्रस्थान गरिसकेका छन् ।

यो उत्सव भोलि अर्थात शनिबार बिहान ११ बजेदेखि शुरू भएर बेलुकी ७ बजे समापन हुनेछ, जसमा जसमा नेपालीलगायत असमिया, ओडिया, मैथिली बङ्ग्ला, तेलुगु,  अङ्ग्रेजी, हिन्दी, गुजराती आदि भाषाका चालिसजना कविले आ-आफ्ना कविता सुनाउनेछन् ।

परिचय लिटरेचर फेस्टिवल ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित परिचय फाउन्डेसनले विराट् रूपमा गर्नेछन् ।

उत्सव दुई चरणमा सम्पन्न हुनेछ, जसमा बहुभाषी कवि गोष्ठी र विमर्श कार्यक्रम रहनेछन्।

यसपालि कोलकातामा हुन लागेको यस साहित्यिक उत्सवमा मुख्य अतिथिका रूपमा साहित्य अकादमी नयाँ दिल्लीका सचिव डा. के श्रीनिवास राय रहनेछन्। त्यसैगरी विशिष्ट अतितिहरूमा ओडिया भाषाका प्रख्यात समालोचक डा. प्रफुल्ल कुमार मोहन्ती, ओडिसा सरकारका  सांस्कृतिक विभागका निर्जेशक श्री रञ्जन कुमार दास,  ओडिसा सरकारको रियल स्टेट रेगुलेटेड अथोरिटीका प्रशासनिक सदस्य प्रदीप कुमार विश्वाल, नयाँ दिल्ली आयकर विभागका आयुक्त परामिता सतपाथी आदि रहनेछन्।

यस उत्सवलाई परिचय फाउन्डेसनका सेस्थापक तथा निर्देशक डा. रोजालिन पटासनी मिश्रलगायत सल्लाहकारगण डा. अमरेन्द्र खटुवा, प्रियदर्शी मिश्र, डा. उनी मोहन्तीले स्वागत सम्भाषण राख्नेछन्।

प्यानल डिस्कसनमा ‘लिटरेरी ट्रान्सलेसन : प्रब्लेम्स एन्ड प्रस्पेक्टस’-माथि सन्थाली लेखक पद्मश्री दमयन्ती बेसरा, ओडिया कवि/अनुवादक खिरोदा परिदा, ओडिया समीक्षक प्रा.  सरत जेना, ओडिया अनुवादक डा. भगवान जयसिंह, बङ्ग्ला कवि/प्रकाशक बितास्ता घोषाल, बङ्ग्ला कवि/अनुवादक स्यामली सेनगुप्त, जसोधरा रायचौधरीले आ-आफ्नो विचार राख्नेछन्।

प्यानल डिस्कसनमा मोडेरेटरका रूपमा मैथिली भाषा प्रसिद्ध लेखक साहित्य अकादमी पुरस्कारप्रापक प्रदीप बिहारी रहनेछन् ।

साहित्य अकादमी कोलकाताका कार्यक्रम समन्वयक ड. मिहिर साहु विशिष्ट अतिथिका रूपमा रहने बहुभाषी कविगोष्ठीलाई हिन्दी भाषामा पारामिता सारङ्गी, ओडिया भाषामा सङ्घमित्रा रायगुरु अनि अङ्ग्रेजी भाषामा सोनाली साहुले सञ्चालन गर्नेछन् ।

‘परिणिती’-द्वारा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएपछि यो उत्सवको समापन हुनेछ ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here