मणिकुमार प्रधानले ल्याए गलिभरको यात्रामा गरुड

0
1106

सिलगढी, १ दिसम्बर : दार्जिलिङका आख्यानकार मणिकुमार प्रधानले गलिभरको यात्रामा गरुड ल्याएका छन् । यो आख्यानको कृतिको हो ।

बुधबार सालबारीस्थित गोम्देन टी बारको सविता गोम्देन साहित्यिक कक्षमा साहित्यकार नरबहादुर दाहाल, कृतिकार मणिकुमार प्रधान र उनका दाजु विष्णु घिमिराजको हातबाट ‘गलिभरको यात्रामा गरुड’-को लोकार्पण गरियो ।

पूर्वीय र पाश्चात्य मिथलाई ‘फ्युजन’ गरी लेखिएको यस कृतिमाथि साहित्यकारद्वय ज्ञानेन्द्र खतिवडा र जीतबहादुर सोनारले समीक्षात्मक टिप्पणी राखेका थिए भने मोहन ठकुरीले कृतिकारको परिचय राखे ।

यसैगरी कृतिकार मणिकुमार प्रधानले ‘गलिभरको यात्रामा गरुड’ -को पृष्ठभूमि बताए ।

लोकार्पण कार्यक्रममा कवि भविवाल लामिछाने, खड्कराज गिरी, लीलबहादुर सोनारले कविता र गजलकार समीर शर्माले गजल वाचन गरेका भने वरिष्ठ साहित्यकार एवं कार्यक्रमका प्रमुख अतिथि नरबहादुर दाहालले कृतिकार मणिकुमार प्रधानलाई बधाई दिँदै उनीसँगको पहिलो भेटको संस्मरण सुनाए ।

कार्यक्रममा चित्रकार-लेखक सुवास छेत्री, साहित्यसेवी हेमन्त सुब्बा, हेमन्त काफ्ले, रघु शर्मा क पूर्ण मगर आदि पनि उपस्थित थिए।

उल्लेखनीय छ, यसभन्दा अघि आख्यानकार मणिकुमार प्रधानका आज रमिता छैन (कथा सङ्ग्रह – १९८६), देश परदेश (उपन्यास, १९८९), सञ्चयन (रचना सङ्ग्रह – २०११), फर्किआए मुना मदन (उपन्यास- २०१५), मुलुकभित्र (कथा सङ्ग्रह – २०१९), लिलिथ (उपन्यास- २०२०), बादलको छाना (बुकुने कथा सङ्ग्रह – २०२१) आदि कृति प्रकाशित भइसकेका छन् ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here