५ घण्टाभित्र ६ राज्यमा भुइँचालोको झट्का

0
1123
कोलकाता, 12 सेप्टेम्बर बुधवार बिहान प्रायः 10:22 बजीतिर असमको कोकराझारमा केन्द्र रहेको भुइँचालोले सिक्किम-दार्जीलिङलगायत बङ्गाल-बिहार र पूर्वोत्तरका राज्यहरूलाई हल्लायो। यो भुइँचालो झट्का दार्जीलिङ-सिक्किममा हल्का महसुस गरे तापनि बिहार-बङ्गालमा मानिसहरू आतङ्कित बनेर घरबाट बाहिर निस्केका थिए। रेक्टर स्केलमा भुइँचालोको तीव्रता 5.5 मापिएको छ। भुइँचालो लगभग 25 देखि 30 सेकेन्ड एको थियो।
असम, नागाल्यान्ड, अरुणाचल प्रदेश र मणिपुरमा यो भुइँचालोतो झट्का महसुस गरियो। नेशनल सिस्मोलजी सेन्टरका निर्देशक विनीत गहलोतले बताएअनुसार भुइँचालो सतहदेखि प्रायः 10 किलोमिटर मुनि आएको थियो।
यसभन्दा अघि आजै बिहान जम्मू-कश्मीर र हरियाणामा भुइँचालोको झट्का महसुस गरिएको थियो। कश्मीरमा भुइँचालोको तीव्रता 4.6 थियो। कश्मीरमा बिहान प्रायः 5:15 बजी भुइँचालो आयो। यसको केही क्षणपछि बिहान 5:45 बजीतिर हरियाणाको झज्जर जिल्लामा 3.1 तीव्रताको भुइँचालो आयो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here