दार्जीलिङलाई भाजपाको अर्को धोका! सिलगढ़ीलाई दुईवटा नयाँ केन्द्रिय विद्यालय, पहाड़लाई हावा मिठाई

0
2197
पीएम नरेन्द्र मोदी र दार्जीलिङका सांसद एसएस अहलुवालिया (फाइल फोटो)।

सिलगढ़ी, 9 मार्च : केन्द्र सरकारले सिलगढ़ीमा दुईवटा नयाँ केन्द्रिय विद्यालय खोल्ने घोषणा गरेको छ। केन्द्रिय मन्त्रीमण्डलले यसलाई स्वीकृति पनि दिएको छ।

राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले हावड़ामा नयाँ हिन्दी विश्वविद्यालयको खोल्ने घोषणा गरेको एकदिनपछि नै केन्द्र सरकारले सिलगढ़ीमा दुईवटा नयाँ विद्यालय खोल्ने घोषणा गरेको हो।

दुईवटा केन्द्रिय विद्यालयमध्ये एउटा कावाखालीको सीआरपीएफ ग्रुप सेन्टरमा हुनेछ, जबकि अर्कोको निर्माण एनजेपीमा गरिनेछ। एनजेपीमा रेलवेको जमिनमा विद्यालय निर्माण गरिने निर्णय गरिएको छ।

दुवै विद्यालयको निर्माणकार्य एकवर्षभित्रै पूरा गरिने लक्ष्य राखिएको छ।

प्रधानमन्त्रीको अध्यक्षतामा सम्पन्न क्याबिनेटको बैठकमा देशभरि 50 वटा केन्द्रिय विद्यालय निर्माण गरिने निर्णय गरिएको छ, जसमध्ये दुईवटा सिलगढ़ीमा खोलिनेछ। यी दुईवटै सिलगढ़ीमा बनिनेछ। केन्द्रिय मानव संसाधन मन्त्री प्रकाश जावड़ेकरले ट्वीट गरी यसको जानकारी दिएका छन्।

उल्लेखनीयहोस्, भाजपाले यसपटक पनि दार्जीलिङवासीलाई हावा मिठाई खुवाएको छ। छेवैको सिलगढ़ीमा दुईवटा विद्यालय निर्माणलाई केन्द्रिय मन्त्रीमण्डलले स्वीकृति दिँदा केन्द्रिय विद्यालय स्थापनाबाट दार्जीलिङलाई आँखीओझेल मात्र गरेको छैन, तर भाजपाले पुनः एकपटक हावा मिठाई खुवाएको छ।

केन्द्रिय विद्यालयका अधिकारीहरूका अनुसार यी विद्यालयहरूको  निर्माण र कर्मचारीहरूको वेतनमा अघिल्लो पाँच वर्षमा 1,579.9 करोड़ रुपियाँ खर्च लाग्नेछ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here