वाचाको नाममा भाजपाले नराम्रो गरी ढाँट्यो : विनय

0
659

दार्जिलिङ १ दिसम्बरः चार दिन अघि कङ्ग्रेसमा सामेल भएका विनय तामाङले भारतीय जनता पार्टीको तीखो आलोचना गरेका छन्।

संसदको शीतकालीन सत्रअवधि सदनमा राखिने बिलहरूका सूचीमा गोर्खाका मुद्दा नपरेपछि तामाङले प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र भाजपाको आलोचना गरेका हुन्।

उनको भनाइ छ – प्रधानमन्त्री मोदीले अलिपुरद्वारको मदारीहाट र बाघडुग्रा छेउ गोसाइपुरको जनसभाबाट गोर्खाका माग पूरा गर्ने वचन दिएका थिए। पछिल्लो लोकसभा चुनाउमा कालेबुङ आएका तत्कालीन भाजपा अध्यक्ष एवं वर्तमान गृहमन्त्री अमित शाहले पनि गोर्खालाई न्याय गर्ने वाचा गरेका थिए। तर, उनीहरूले वाचाको नाममा गोर्खालाई नराम्रो गरी ढाँट्ने कार्य गरे।

तामाङले अझ भनेका छन् – गोर्खाले आशा-भरोसा गरी उनीहरूका शिरमा जातीय टोपी लगाइदिएका थिए। तर अहिले उनीहरूले त्यै टोपीलाई अपमानित गर्ने कार्य गरेका छन्।

यति मात्र होइन, भारत देशका लागि आफ्नो प्राणको बलिदान दिने वीर –वीराङ्गना र छुट्टै राज्य गोर्खाल्यान्ड प्राप्तिका लागि शहीदहरूका आत्मा र रगतले प्रधानमन्त्री, गृहमन्त्री र भाजपालाई कदापि माफी नगर्ने पनि विनय तामाङले बताएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here