करण जौहरको फिल्म ‘कलङ्’-ले माधुरी दीक्षित र सञ्जय दत्तलाई पुनः नजिक ल्याउने छ। लगभग 25 वर्षपछि यी माधुरी र सञ्जय दत्त ‘रिल लाइफ’-मा सँगै देखिनेछन्। ‘रियल लाइफ’-का कार्यक्रमहरूमा समेत यी दुई पर पर हुनेगर्छन्।
यी दुई परस्परमा टाढ़िन अघि अफेयरको कथा चर्चित छ। आज पनि बी –टाउनमा माधुरी र सञ्जय दत्तको सम्बन्धको चर्चा ताजै छ।
कसरी जेलको पर्खालले यी दुईको सम्बन्धमा पर्खाल ठड्याउने कार्य गऱ्यो, चर्चा हुनेगर्छ, यी दुईका फ्यानहरूमा। मुम्बई ब्लास्टमा सञ्जय दत्तको नाम मुछिएपछि दुईको सम्बन्धमा ठूलो पर्खाल ठड़ियो।
अहिले ‘कङ्लक’-लाई लिएर यी दुईको सम्बन्धको चर्चा पुनः चुलिएको छ। ‘कङ्लक’ करण जौहरको फिल्म हो, जसमा अन्य कालकारसँगै सञ्जय दत्त र माधुरी दीक्षित पनि छन्।
यी दुईको जोड़ी 90-को दशकको हिट जोड़ी हो। फ्यानहरूले रूचाएको जोड़ी। स्क्रीनमा प्रेम गर्दा गर्दै रियल लाइफमा पनि कतिबेला प्रेमी-प्रेमिका बने, कसैले थाहै पाएनन्। ‘थानेदार’-को सुटिङअवधि यी दुईको प्रेम चरममा थियो। छुट्टिनै नसक्ने जोड़ी। सँगसँगै भइरहने। जहीं पनि जहिल्यै पनि।
विवाह गरिहाल्ने चर्चा चुलिएको थियो। भनिन्छ, कुनै पनि समय विवाह गरिहाल्ने सम्भावनाकै कारण सुभाष घईले आफ्नो फिल्म ‘खलनायक’ सुटिङअवधि विवाह गर्नेछैनन् भनेर फिल्मको कन्ट्रेक्ट साइन गर्दा उल्लेख गरेका थिए।
यद्यपि मुम्बई ब्लास्टले यी दुईको सम्बन्धलाई नराम्रो गरी असर गऱ्यो। मुम्बई ब्लास्टमा फँसिएपछि जेल गएका सञ्जय दत्तलाई एकैपटक पनि माधुरी भेट्न गएनन्। जेलमुक्त भएर सञ्जय फर्किसक्दा दुईबीचको सम्बन्ध अभेद्य पर्खाल खड़ा भइसकेको थियो। सम्बन्ध टुटिसकेको थियो।
माधुरीले विवाह गरिन्। अहिले सञ्जय दत्त र मान्यता दत्त पनि सँगै रमाइरहेका छन्। दुवै सँगसँगै देखिन र बोल्नबाट बाँचिरहे, तर अब ‘कङ्लक’-ले यी दुवैलाई नजिक ल्याएको छ।
सूत्रकाअनुसार सञ्जय दत्तसँग काम गर्न शुरुमा माधुरीले असहजता देखाएकी थिइन्, तर करणले उनलाई मनाएका छन्। माधुरी प्रोफेशनल आर्टिस्ट भएकोले सञ्जयलाई लिएर उनीसँग कुनै गुनासो छैन।
‘कङ्लक’-मा माधिरीसँग वरुण धवन, आदित्य राय कपुर, सञ्जय दत्त, आलिया भट्ट, सोनाक्षी सिन्हा यो फिल्ममा महत्त्वपूर्ण भूमिकामा छन्। मल्टिस्टारर ‘कङ्लक’ आगामी 19 अप्रेलमा रिलिज हुनेछ।
यो फिल्मको ब्याकग्राउन्ट 1940 को दशकको रहेको बताइएको छ। करण जौहरका अनुसार ‘कङ्लक’ उनको हृदयको धेरै नजिक छ।