दिल्ली, ३ दिसम्बरः छुट्टै राज्यको मागमा आज दोस्रो दिन पनि गोर्खाल्यान्ड एक्टिभिस्ट समूह (गोएस)-ले नयाँ दिल्लीको जन्तरमन्तरमा धर्ना प्रदर्शन गऱ्यो।
सांस्कृति कार्यक्रमसहितको यो धर्ना प्रदर्शन हिजोदेखि शुरू भएको हो।
आजको धर्ना प्रदर्शनलाई गोएसका संयोजक किशोर प्रधान, डा. सरोज गिरी, राहुल राई वीरेन्द्र रसाइली, मनोज शङ्कर लगायत अन्यले सम्बोधन गरे।
उल्लेखनीय छ, संसदको शीतकालीन सत्र अवधि केन्द्र सरकारमाथि गोर्खाल्यान्ड राज्य गठनका लागि चाप सृष्टि गर्न गोएसले दिल्लीमा धर्ना प्रदर्शन गरेको हो।
संसदका पछिल्ला सत्रहरू अवधि पनि गोएसले जन्तरमन्तरमा गोर्खाल्यान्डको मागमा धर्ना प्रदर्शन गरेको थियो।
यसैबिच आजको धर्ना प्रदर्शनलाई सम्बोधन गर्दै किशोर प्रधानले भने – हामी भाजपा-कङ्ग्रेस केही जान्दैनौँ, जान्दछौँ त केवल गोर्खाल्यान्ड।