कङ्ग्रेसप्रति विनय कृतज्ञ

0
640

दार्जिलिङ, १९ दिसम्बरः दिल्लीको चारदिने भ्रमण अवधि आफूले गोर्खा जातिका राष्ट्रिय लगायत क्षेत्रीय मुद्दाहरू कङ्ग्रेसको राष्ट्रिय नेतृत्व अघि राखेको र कङ्ग्रेसले ती मुद्दाहरू सम्बन्धमा गम्भीरता देखाएको दावी विनय तामाङको छ।

आज एक प्रेस विज्ञप्ति जारी गरी उनले यस्तो दावी गरेका हुन्।

‘दिल्लीको चारदिने भ्रमण अवधि भारतीय राष्ट्रिय कङ्ग्रेस पार्टीका कतिपय शीर्ष राष्ट्रिय नेतृत्वहरूसँग भेटघाट गर्ने सुयोग पाएँ’, विज्ञप्तिमा तामाङले भनेका छन्, ‘हाम्रो गोर्खा जातिका राष्ट्रिय मुद्दाहरूलगायत क्षेत्रीय मुद्दाहरूमाथि विशेष बहस भएको सर्वसाधारणको निम्ति जानकारी गराउन चाहन्छु।‘

विनयको भनाइ छ – उनले यी मुद्दाहरूको उठान र राष्ट्रिय नेतृत्वहरूलाई यस सम्बन्धी ज्ञापन एक गोर्खा र क्षेत्रवासीका हैसियतमा कङ्ग्रेसीका रूपमा गरेका हुन्, जसलाई ‘इन्डिया’ गठबन्धनमा रहेका बङ्गालका दलहरूको हस्तक्षेप रहनेछैन।

‘अब हामीले र हाम्रो क्षेत्रले संवैधानिक, राजनीतिक, संसदीय र मौलिक अधिकारका न्याय पाएको हुनुपर्छ। हामी र हाम्रो क्षेत्रलाई संवैधानिक, राजनीतिक र संसदीय शोषण हुनुहुँदैन’, उनले भनेका छन्, ‘दार्जिलिङ पहाड, सिलगढी, डुवर्सलगायत उत्तर बङ्गालका क्षेत्रीय राजनीतिक, गैर-राजनीतिक, जातिगत  अनि बौद्धिक नेतृत्ववर्ग, साथै भारतका अन्य प्रान्त अनि राज्यमा रहेका गोर्खाजातिका सङ्घ-संस्थाहरूलाई म एक गोर्खा अनि कङ्ग्रेसी भएका नाताले मैले राष्ट्रिय कङ्ग्रेसका नेतृत्वहरूलाई मुद्दाहरू विषयहरू लिएर  दिएका लिखित पत्रहरूमा के के रहेछन् भनी जान्ने इच्छा छ भने, सो म सबैलाई एकै मञ्चमा साझा गर्न तत्पर छु।’

अर्कोतर्फ, उनले बङ्गाल प्रदेश कङ्ग्रेसका महासचिव लगायत हिल्स कङ्ग्रेसका प्रभारीको पदभार दिएकामा विनयले पार्टी अध्यक्ष मल्लिकार्जन खड्गे, महासचिव, प्रियङ्का गान्धी, राहुल गान्धी बङ्गाल प्रदेश अध्यक्ष अधीर रञ्जन चौधरीप्रति कृतज्ञता प्रकट गरेका छन्।

यसैबिच, तामाङले सबै कङ्ग्रेसी साथीलाई आपसी मदभेद अनि मनमुटाउ बिर्सेर एक भई पार्टीलाई सबल र सुदृढ बनाउन आग्रह गरेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here