खरसाङ, २१ दिसम्बरः अधिवक्ता वीरेन्द्र रसाइली भोलि अर्थात २२ दिसम्बरका दिन सांसद राजु विष्टको कार्यालयअघि धर्ना बस्नेछन्।
यो एकल धर्ना एकदिने रहनेछ।
भारतीय जनता पार्टी (भाजपा)-ले पछिल्लो लोकसभा चुनाउमा गोर्खा जातिलाई गरेका वाचा पूरा गर्नका लागि दबाव दिन सांसदको कार्यालय अघि एकदिने धर्ना दिने उनले निर्णय गरेका हुन्।
अधिवक्ता वीरेन्द्र रसाइलीको भनाइ छ – वाचा पूरा गर्ने आशामै भाजपालाई मत दिएका मानिसहरू चुपचाप बस्नु हुँदैन।
संसदको अन्तिम दिन सांसद विष्टले सदनमा छुट्टै राज्य गोर्खाल्यान्डको माग गर्नै पर्ने उनले बताएका छन्।
उल्लेखनीय छ, भोलि अर्थात २२ दिसम्बर संसदको शीतकालीन सत्रको अन्तिम दिन हो।
धर्नामा कुनै राजनीतिक दलको झन्डा, ब्यानर र सम्बद्धता केही नहुने पनि उनले स्पष्ट पारेका छन्।