सिलगढ़ी, 9 मार्च : टोटोबाट लड़ेर एक बालकको मृत्यु भएको बीभत्स घटना प्रकाशमा आएको छ। यो घटना सिलगढ़ीको साहुडाङ्गीमा भएको हो। बालकको मृत्युपछि क्षेत्रमा शोकको लहर छाएको छ।
प्राप्त जानकारीका अनुसार मृतक बालकको नाम आयुष बर्मन हो। बालक केवल अढ़ाई वर्ष रहेको बताइएको छ।
जानकारीका अनुसार आज अपरान्ह आयुष आफ्नो घरअघि खेलिरहेका थिए। खेल्दा खेल्दै उनी घर नजिक रोकेर राखिएको टोटोमा चढ़े। स्थानीय मानिसहरूका अनुसार टोटोका चालक नभए तापनि चाबी भने त्यतिक्कै रहेको थियो।
यस्तैमा कुनै प्रकारले टोटो गुड़्न शुरु गर्यो। केही पर पुगेपछि टोटोसँगै लड़ेका आयुषको शिरमा गहिरो चोट लाग्यो। घटनापछि घर परिवारले हतार हतार बालकलाई सिलगढ़ी सदर थानामा पुर्याइयो, जहाँ डाक्टरहरूले आयुषलाई मृतक घोषित गरे।