घिसिङ र देवानले भेट गृहमन्त्री, क्रामाकपालाई ‘पत्तै’ भएन

0
674

दार्जिलिङ, 11 जनवरीः सांसद राजु विष्टको अगुवाई बुधवार गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) -का अध्यक्ष मन घिसिङ र भारतीय जनता पार्टी (भाजपा)-का दार्जिलिङ जिल्ला अध्यक्ष कल्याण देवानले गृह मन्त्री अमित शाहसँग भेट गरे।

भेट अवधि जनजातिको मान्यता र स्थायी राजनीतिक समाधानको मुद्दा उठान गरेको मन घिसिङले बताएका छन्।

शाहसँगको बैठकपछि प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भाजपा सरकारले गोर्खा जाति र दार्जिलिङ पहाड, तराई एवं डुवर्सका जनतालाई न्याय सुनिश्चित गर्न प्रतिबद्ध रहेका कुरामा घिसिङ आश्वस्त बनेका छन्।

यसैगरी उनले गोर्खाका मागलाई फत्ते गर्न सांसद विष्टले इमानदारीसँग भूमिका निर्वाह गरिरहेको पनि ठोकुवा गरेका छन्।

घिसिङको दावी छ – हामी एकबद्ध भएर दार्जिलिङ पहाड, तराई अनि डुवर्सका जनतालाई न्याय दिलाउन कटिबद्ध छौँ।

विष्टको अगुवाईमा घिसिङ र देवानले गृहमन्त्रीसँग भेट गरे तापनि यो भेटबारे क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टी (क्रामाकपा)-ले पत्तै रहेन।

“मन घिसिङ र कल्याण देवानले गृहमन्त्रीलाई भेटेका कुरा त मैले फेसबुकमार्फत थाहा पाएको हुँ” क्रामाकपा अध्यक्ष जेबी राईले दार्जिलिङ टक्ससँगको टेलिफोनिक कुराकानीमा भने, “यसबारे हामीलाई कुनै सूचना भएन। केही परिबन्द त्यस्तै भयो होला, त्यो बेग्लै कुरा हो।“

उल्लेखनीय छ, मन घिसिङ केही समयदेखि दिल्लीमै छन्। कल्याण देवान भने दिल्ली प्रस्थान गर्न एक दिन अघि बङ्गाल भाजपा अध्यक्ष डा. सुकान्त मजुमदार र बङ्गाल विधानसभा नेता विपक्ष सुभेन्दु अधिकारीसँग भेट गरेका थिए।

यता, गठबन्धनकै अर्का दल क्रामाकपालाई भने गृहमन्त्रीसँगको भेटबारे सूचना नगरिनुले पनि गठबन्धनको धर्मबारे शङ्का उठ्ने स्थिति सिर्जना भइरहेकै छ।  उसै पनि गोर्खाका मुद्दा र त्यसलाई फत्ते गर्ने रणनीतिलाई लिएर केही महिनायता गठबन्धनको बैठक भएकै छैन।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here