खरसाङ, 26 जनवरीः प्रतिष्ठित पारिस्थितिकी विज्ञानी डा. एकलव्य शर्मा यस वर्षको पद्मश्री पुरस्कारले सम्मानित हुने भएका छन्।
खरसाङको सेन्ट मेरिज निवासी डा. शर्माले विज्ञानको क्षेत्रमा पुऱ्याएको उल्लेखनीय योगदानको उच्च कदर गर्दै उनलाई पद्मश्री पुरस्कारका लागि छनौट गरिएको हो।
डा. एकलव्य शर्माले हिन्दु कुश हिमालयमा आकलनको नेतृत्व गर्नका साथै भारतीय हिमालयन क्षेत्रको नीतिलाई आकार दिन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्।
65 वर्षीय शर्मा देशकै एकजना प्रतिष्ठित वैज्ञानिक हुन्।
उल्लेखनीय छ, गणतन्त्रको दिवसको पूर्वसन्ध्यामा हिजो सरकारले पद्मविभूषण, पद्मभूषण र पद्मश्री पुरस्कारको घोषणा गरेको थियो।
आज गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति द्रौपदी मुर्मुले विभिन्न विधाका कुल 132 जना विशिष्ठ व्यक्तिलाई यी तीन सर्वोच्च नागरिक पुरस्कार प्रदान गर्नेछिन्।