गोर्खालाई कङ्ग्रेसले संवैधानिक र राजनीतिक न्याय दिने कुरामा विनय विश्वस्त

0
5513

(फाइल फोटो)

दार्जिलिङ, फरवरीः गोर्खा जातिलाई कङ्ग्रेस पार्टीले संवैधानिक र राजनीतिक न्याय दिने कुरामा विनय तामाङ विश्वस्त छन्।

आज सदनमा लद्दाखको विषयमा बोल्दै लोकसभा सांसद चौधरीले दार्जिलिङ पहाडलाई पनि छैटौँ अनुसूचीभित्र अन्तर्भुक्त गराउनुपर्ने विषयमा सोच्न सरकारसँग अनुरोध गरेपछि कङ्ग्रेसले गोर्खालाई न्याय दिने कुरामा विनय विश्वस्त बनेका हुन्।

उनले चौधरीलाई धन्यवाद समेत दिएका छन्। अधीररञ्जन चौधरी कङ्ग्रेसका सांसद मात्र होइन्,   पश्चिम बङ्गाल प्रदेश कङ्ग्रेसका अध्यक्ष पनि हुन्।

“आज केन्द्रीय गृहमन्त्री अमित शाहको उपस्थितिबिच लोकसभाको पटलमा लद्दाखका विषय उठाउने क्रममा दार्जिलिङ पहाडलाई पनि छैटौँ अनुसूचीभित्र अन्तर्भुक्त गर्नुपर्ने माग गरिदिएकामा पश्चिम बङ्गास प्रदेश कङ्ग्रेस एवं लोकसभामा विपक्षी नेता अधीर रञ्जन चौधरीलाई दार्जिलिङ पहाड अनि गोर्खाजातिको तर्फबाट हार्दिक कृतज्ञता प्रकट गर्दछु”, विनयले थप भनेका छन् – “कङ्ग्रेस पार्टी गोर्खाजाति, दार्जिलिङ पहाड सिलगढी तराई अनि डुवर्सको हिमायती पार्टी हो । विगतमा झैँ भविष्यमा पनि कङ्ग्रेस पार्टी अनि यसका शीर्षस्थ नेतृत्वहरूले गोर्खाजातिका संवैधानिक अनि राजनीतिक न्यायहरूको निम्ति अवश्य बोलिदिनेछन् अनि समाधानको मार्ग निकालिदिनेछन् – हामी विश्वस्त छौँ।

उल्लेखनीय छ, कङ्ग्रेसको हात समाएपछि विनय तामाङले यो पार्टी गोर्खाको हितमा रहेको पटक पटक दाबी गर्दै आइरहेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here