धर्ना प्रदर्शनपछि अब  मिसन जागरणमा भागोप्रमो

0
582

दार्जिलिङ, १४ फरवरीः  भारतीय जनता पार्टीविरुद्ध तीनदिने धर्ना प्रदर्शन गरेको भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अर्थात भागोप्रमोले अब पहाडका पञ्चायत क्षेत्रमा जागरण अभियान थाल्ने निर्णय गरेको छ।

भागोप्रमो अध्यक्ष अनित थापाका अनुसार पञ्चायत स्तरको मिसन जागरण १९ फरवरीदेखि २३ फरवरीसम्म चल्नेछ।

मिसन जनजागरण भाजपाविरुद्ध जनतामा जनचेतना फैलाउनु हो।

‘तीन दिनको विरोध कार्यक्रम सकिएपछि आउँदो सोमवारदेखि शुक्रवारसम्म ग्राम पञ्चायत स्तरमा जागरण यात्रा सुरु गर्नेछौँ, उनले स्पष्ट पारेका छन्, ‘जनतामाझ भाजपाको असफलताबारे जागरुकता फैलाउन जागरण यात्रा सुरु गर्दैछौँ।‘

यो मिसनको जिम्मेवारी थापाले पञ्चायतका सदस्य र सभासद्हरूलाई दिएका छन्।

अनितका अनुसार मिसन जागरणलाई सफल बनाउने जिम्मेवारी पञ्चायतका सदस्य र सभासद्हरूकै हातमा छ।

उनीहरूले जनतालाई भाजपादेखि सचेत गराउनुपर्नेछ।

किनभने भाजपाले पछिल्लो १५ वर्ष गोर्खालाई सपना देखाएर प्रयोग मात्र गरेको थापाको भनाइ छ।

पञ्चायत स्तरको मिसन जागरण सकिएपछि यो मिसनलाई बोकेर भागोप्रमो बुथ स्तरमा जाने पनि उनले जानकारी गराएका छन्।

लोकसभा चुनाउ जित्ने कसरतमा अहिलेदेखि नै घुँडा धसेर लागिपरेको भागोप्रमोले जनताको मुड परिवर्तन गरी भाजपाविरुद्ध बनाउन रणनीतिक उपाय अप्नाइरहेको छ।

उल्लेखनीय छ, भाजपाविरुद्ध भागोप्रमोले आजसम्म दार्जिलिङ र कालेबुङको जिल्लापाल कार्यालय तथा खरसाङ र मिरिकको महकुमा अधिकारीको कार्यालय अघि धर्ना प्रदर्शन गरेको थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here