गुडगाउँमा दार्जिलिङकी युवतीसँग सामूहिक दुष्कर्म

0
1076

गुडगाउँ, 15 फरवरीः हरियाणाको गुडगाउँमा दार्जिलिङकी एक युवतीसँग तीनमहिनासम्म सामूहिक दुष्कर्म भएको घटना प्रकाशमा  आएको छ।

दुष्कर्मका चारै आरोपितलाई पुलिसले पक्राउ गरी भारतीय दन्ड संहिताको धारा 376 डी342 अन्तर्गत मुद्दा दर्ता गरेको छ।

द टाइम्स अव् इन्डियाको खबरका अनुसार पीडिताले पुलिसलाई जानकारी गराए अनुसार उनलाई चार आरोपितमध्येका एक जेप्रिन खाल्को उर्फ अर्जुन कुमारले नोकरीको प्रलोभन देखाएर दार्जिलिङबाट गुडगाउँ बोलाएका थिए।

पीडिताका अनुसार उनी पछिल्लो वर्षको नोभेम्बर महिनामा गुडगाउँ आएकी थिइन्।

यहाँ उनको बस्ने कुनै कोठा थिएन।

त्यसैले सहरको चक्करपुरमा रहेको भाडाको घरमा आरोपितले आफूलाई सँगै राखेको पुलिसलाई उनले बताएकी छन्।

पीडिताको बयान अनुसार त्यसपछि केही दिनपछि अर्जुन कुमारलगायत उनका तीन साथी इसुराज, सुमेरअमराजले तीन महिनासम्म उनीसँग सामूहिक दुष्कर्म गरिरह्यो।

कसैगरी त्यहाँबाट भाग्न सफल बनी पीडिताले आफूसँग भएको सामूहिक दुष्कर्मबारे पुलिसलाई जानकारी गराएपछि यो घटना प्रकाशमा आएको हो।

सेक्टर 29 पुलिस स्टेसनका प्रभारीका अनुसार यस मामिलाको अनुसन्धान चलिरहेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here