दिल्लीका विनयपन्थी 5 सदस्यले दिए राजीनामा, भने – यो पार्टीमा गोर्खाल्यान्डको कुनै कुरै छैन

0
1691
विनयपन्थी गोजमुमोका पाँच सदस्यद्वारा राजीनामा दिँदै जारी गरेका प्रेस विज्ञप्ति। 

दार्जीलिङ, 11 सेप्टेम्बर : विनयपन्थी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) –को दिल्ली शाखाका पाँचजना सदस्यले पार्टीबाट राजीनामा दिएका छन्। सोमवार एक प्रेस विज्ञप्ति जारी गरी उनीहरूले विनयपन्थी गोजमुमोको दिल्ली शाखाबाट राजीनामा दिएको बताएका हुन्। राजनीमा दिनेहरूमा रूस्तम छेत्री (सल्लाहकार), विष्णु कुमार दूतराज (सह-सल्लाहकार), सम्राट तामाङ, (कार्यकारी सदस्य), उमेश खाती (कार्यकारी सदस्य), र विनय शाशङ्कर (सांस्कृतिक सचिव) छन्। विनयपन्थी गोजमुमोमा गोर्खाल्यान्ड कुनै कुरै नभएकोले राजीनामा दिएको पनि विज्ञप्तिमा उनीहरूले बताएका छन्।
“हामीले दिल्लीमा बसेर  कुनै पनि विकास गर्ने कुरा आएन। हामी जातिको निम्ति यो ठाउँमा  केही गर्न सक्दैनौं। यस पार्टीमा गोर्खाल्याण्डको कुनै कुरै छैन’’, विज्ञप्तिमा बताइएको छ, “यसर्थ हामी विनय गुट गोजमुमो पार्टीबाट राजीनामा दिन गइरहेका छौं। पत्रिकामा नै सार्वजनिक रूपमा हाम्रो नाम आएकोले हामी सार्वजनिक रूपमै राजीनामाको घोषणा गर्दछौं।’’
उल्लेखनीयहोस्,  आइतवार विमलपन्थी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)-को दिल्ली-एनसीआर शाखा जन्तर मन्तरमा बङ्गाल सरकारविरुद्ध मौन धरना प्रदर्शन गरेको थियो। त्यसबेला मौन धरनालाई नेतृत्व गरेका दिल्ली-एनसीआर गोजमुमो शाखाका मूलसचिव रोशन रामुदामुले दिल्लीमा विनयपन्थी गोजमुमोको शाखा कमिटीको कुनै अस्तित्व नरहेको  दाबी गरेका थिए। “दिल्ली-एनसीआर क्षेत्रमा विनय तामाङपन्थी गोजमुमोको कुनै  अस्तित्व छैन। यहाँ गोर्खा जनमुक्ति मोर्चाको जुन कमिटी छ, त्यो कमिटी सधैँ गोर्खाल्यान्ड र विमल गुरुङप्रति इमानदार छ। र सधैँ इमानदार रहनेछ’’, उनले जनसंवादसँग कुराकानी गर्दै भनेका थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here