चाम्लिङले मागे सिक्किममा राष्ट्रपति शासन

0
545

सिलगढी, २ मार्च : एसडीएफका वरिष्ठ नेता एवं पूर्व मन्त्री केएन राईलाई हेर्न सिलगढीको न्युटिया नर्सिङ होम आइपुगेका एसडीएफ अध्यक्ष एवं सिक्किमका पूर्व मुख्यमन्त्री पवन चामलिङले सिक्किममा जङ्गली राज चलिरहेको बताएका छन्।

चाम्लिङले केएन राईहरूमाथि भएको साङ्घातिक हमलाको तिखो निन्दा गर्दै जतिसक्दो चाँडो राज्यमा राष्ट्रपति शासन लागू गर्नुपर्ने माग पनि गरेका छन्।

राष्ट्रपति शासन लागू नभए राज्यमा हिंसाको घटना नरोकिने तथा निष्पक्ष चुनाउ पनि सम्भव नबन्ने उनको ठम्याइ छ।

उनका अनुसार सिक्किममा जुन प्रकारले राजनीतिक हिंसा बढिरहेको छ, त्यो राज्यका लागि मात्र होइन तर भारत देशकै लागि पनि खतराको सङ्केत हो। किनभने सिक्किम सीमा राज्य हो।
चाम्लिङले एसकेएम पार्टी सत्तामा आएदेखि राज्यमा हत्याहिंसाका घटनाहरू बढिरहेको र यो सरकारप्रायोजित हो भन्ने कुरा जनसाधारण समेतलाई थाह भइसकेको बताए।

उनले भने – “सिक्किममा अहिले जे भइरहेको छ, त्यसलाई ठिक गर्नु भारत सरकारको पनि जिम्मा हो। किनभने सिक्किम भारतकै राज्य हो।”

एसडीएफ अध्यक्षका अनुसार कानुन व्यवस्था पूर्ण रूपले विफल बनेको छ। पुलिस प्रशासन मूकदर्शक बनिसकेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here