मुख्यमन्त्री पीएस गोलेले राजीनामा दिनुपर्छ : पी. डी. राई

0
541

सिलगढी, २ मार्च : हिजो मल्लीमा एसडीएफका वरिष्ठ नेता एवम् पूर्व मन्त्री केएन राई लगायत अन्यमाथि भएको प्राणघातक हमलाको नैतिक जिम्मेवारी लिँदै मुख्यमन्त्री पीएस गोलेले राजीनामा दिनुपर्ने माग पूर्व लोकसभा सांसद पीडी राईको छ।

पीडी राई आज केएन राईलाई हेर्न सिलगढी आइपुगेका थिए।

पत्रकारहरूलाई सम्बोधन गर्दै उनले भने – “यो हमला ठुलो योजना बनाएर गरिदिएको छ।”

राईको आरोपका अनुसार एसकेएम पार्टीले राज्यमा हत्या हिंसालाई प्रोत्साहन दिइरहेको छ। यसैले शान्तिप्रिय सिक्किम आज अशान्त बनिरहेको छ।

पूर्व लोकसभा सांसद राईले हिजोको घटनामा एसकेएम सोझै संलग्न रहेको दावी पनि गरे।

साथै सिक्किममा राष्ट्रपति शासन लागू हुनुपर्ने माग पनि गरे।

उनको भनाइ थियो – चुनाउ नजिकमा छ। यस्तो अवस्थामा निष्पक्ष चुनाउ सम्भव छैन।

अर्कोतर्फ राईले घटनालाई लिएर सत्तारूढ दल एसकेएमले गरेको निन्दालाई नौटङ्की बताएका छन्।

यसैबिच यस घटनालाई लिएर राष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्री, लोकसभा अध्यक्ष र मुख्य चुनाउ आयुक्तलाई पत्राचार गरिएको पनि पीडी राईले बताए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here