डीआर थापाले भेटे केएन राई

0
483

गान्तोक, ९ मार्चः भारतीय जनता पार्टी (भाजपा) सिक्किम प्रदेश अध्यक्ष डीआर थापाले आज सिक्किम प्रजातान्त्रिक मोर्चा (एसडीएफ)-का वरिष्ठ उपाध्यक्ष एवं  पूर्व विधानसभा अध्यक्ष केएन राईलाई भेट गरी उनको स्वास्थ्य अवस्थाको जानकारी लिएका छन्।

राईलाई हेर्न थापा आज दिल्लीको म्याक्स अस्पताल पुगेका थिए। यसअवधि उनले राईको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन्।

उल्लेखनीय छ, पछिल्लो १ मार्चका दिन नाम्ची जिल्लाको मल्लीमा केएन राईलगायत अन्यमाथि प्राणघातक हमला भएको थियो।

यो हमलामा राई गम्भीर घाइते भएका थिए। त्यसै दिन उनलाई सिलगढीको न्युटिआ नर्सिङ होममा भर्ती गरिएको थियो। यद्यपि उनको अवस्था गम्भीर रहेका कारण राम्रो उपचारका लागि भोलिपल्ट अर्थात २ मार्चका दिन एयर एम्बुलेन्समार्फत दिल्ली लगिएको थियो।

त्यसै दिनदेखि केएन राई यस अस्पतालमा उपचाराधीन छन् ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here