सिलगढी, १० मार्चः आगामी लोकसभा चुनाउका लागि तृणमूल कङ्ग्रेसले दार्जिलिङको संसदीय आसनबाट गोपाल लामालाई टिकट दिएको छ।
भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (भागोप्रमो)-ले गोपाल लामाको नाम अघिबाटै तृणमूल कङ्ग्रेसलाई पठाइसकेको थियो, जुन नाममा आज मोहोर लागेको हो।
गोपाल लामाको नाममा अघि राखेर भागोप्रमोले पछिल्लो महिनाबाटै चुनावी कसरत सुरु गरिसकेको छ।
केही महिना अघि भागोप्रमोमा औपचारिक रूपमा सामेल भएका लामा अवकाशप्राप्त एडीएम हुन्।
उल्लेखनीय छ, आज तृणमूल कङ्ग्रेसले बङ्गालका बयालिसवटै सिटमा आफ्ना उम्मेदवार घोषणा गरेको छ।