एचएसपीले पहिलो चरणमा 25 उम्मेद्वारको नाम घोषणा गर्ने

0
1234
एचएचपी प्रवक्ता विराज अधिकारी (फाइल फोटो)।

गान्तोक, 10 मार्च : भारतीय निर्वाचन आयोगले चुनाउको मिति घोषणा गर्नसाथ हाम्रो सिक्किम पार्टी (एचएसपी) -ले चुनाउ मितिलाई स्वागत जनाएको छ।

एचएसपीका प्रवक्ता विराज अधिकारीले पत्रकारहरूसँग कुराकानी गर्दै भने, “चुनाउको मितिलाई लिएर हाम्रो सिक्किम पार्टी खुशी छ। हामी आयोगको निर्णयलाई स्वागत गर्न चाहन्छौं। पार्टी पूर्ण रूपले तयार छ। 18 मार्चभित्र पार्टीले 25 वटा निर्वाचन क्षेत्रको निम्ति उम्मेद्वार घोषणा गर्नेछ। रहल उम्मेद्वार 25 मार्चभन्दा अघि गर्नेछ।”

एचएसपीले कुनै पार्टीसँग चुनावी गठबन्धन गर्नेछ भनी सोधिएको एक प्रश्नमा अधिकारीले भने,“पहिलादेखि नै सबैको निम्ति हामीले दैलो खुला राखेका थियौं, अहिले पनि खुला नै छ।”

एसकेएम र भाजपाको राजनीतिक गठबन्धनलाई लिएर प्रश्न गर्दा उनले भने, “भाजपासँग हामीले पाँचवटा शर्त राखेका थियौं। त्यसमा मुख्य मुद्दा नागरिकता संशोधन विधेयकको थियो, जसले सिक्किमलाई हानि गर्छ। तर, त्यही मुद्दालाई अघि बढ़ाउने भाजपासँग एसकेएमले के-को आधारमा सम्झौता गर्‍यो? हामीले बुझ्न सकेका छैनौं। सिक्किम र सिक्किमेसँग एसकेएम इमानदार छ के त भन्ने शङ्का जागेको छ।”

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here