देशमा लागू भयो सीएए, केन्द्र सरकारले जारी गऱ्यो अधिसूचना

0
435

नयाँ दिल्ली, ११ मार्चः आज बेलुकीदेखि देशमा नागरिकता संशोधन अधिनयम (सीएए)-का नियम लागू भएको छ।

केन्द्रीय गृह मन्त्रालयले सीएएका नियमलाई लिएर आज बेलुकी ६ बजे एक अधिसूचना जारी गरेको छ।

सरकारले सीएएका नियमावली र यस सम्बन्धी पोर्टल तयार गरेको छ।

लोकसभा चुनाउको घोषणा हुनअघि केन्द्र सरकारले देशमा सीएए लागू गर्ने ठुलो घोषणा गरेको हो।

सीएए नियमका अनुसार बङ्ग्लादेश, पाकिस्तान र अफगानिस्तानबाट ३१ दिसम्बर २०१४ भित्र भारत आएका मानिसहरूलाई नागरिकता प्रदान गरिनेछ।

सीएए नियमका अनुसार गैरमुस्लिम ६ समुदाय क्रमैले हिन्दु, सिख, ईसाई, जैन, बौद्ध र फारसीले नागरिकता प्राप्त गर्न सक्नेछन्।

भारतीय नागरिकता पाउनका लागि सीएएको पोर्टलमार्फत आवेदन गर्न पर्नेछ। आवेदनलाई जाँच पडताल र भेरिफिकेसन गरेपछि उनीहरूलाई कानुन अन्तर्गत नागरिकता दिइनेछ।

उल्लेखनीय छ, दिसम्बर २०१९ मा नागरिक संशोधन विधेयक पारित भएको थियो। पछि यसलाई राष्ट्रपतिले अनुमोदन पनि गरेका थिए। यद्यपि यसको विरुद्ध देशभर आन्दोलन भएपछि यो त्यससमय लागू हुनसकेको थिएन।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here