गान्तोक, १४ मार्चः चुनाउको मुखमा सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ)- छाड्ने पूर्व विधायकहरूका सङ्ख्या बढ्दै जानथालेको छ।
आज पनि गान्तोकका पूर्व विधायक दोर्जी नामग्याल भोटियाले एसडीएफ छाडेका छन्।
आज पार्टी अध्यक्षलाई पठाएको राजीनामा पत्रमा उनले पार्टी छाड्नुका कारण भने केही बताएका छैनन्।
अस्तिका दिन राज्यका पूर्व मन्त्री गिरीशचन्द्र राई र पूर्व विधायक उगेन नेडुप भोटियाले एसडीएफ छाडेका थिए। उनीहरू दुवै हिजो भाजपामा सामेल भइसकेका छन्।
यसभन्दा अघि पश्चिम पान्डामका पूर्व विधायक गोपाल बराइली अनि रिनाकका पूर्व विधायक हेमेन्द्र अधिकारीले एसडीएफ छाडेका थिए।