सिक्किम विधानसभा : चुनाउ १९ अप्रेल, मतगणना ४ जून

0
467

नयाँ दिल्ली, १६ मार्चः सिक्किम विधानसभा चुनाउको बिगुल बजेको छ। यस हिमाली राज्यमा विधानसभा चुनाउको मतदान १९ अप्रेलका दिन हुनेछ। मतगणना ४ जूनका दिन गरिनेछ।

आज मुख्य चुनाउ आयुक्त राजीव कुमारले घोषणा गरे अनुसार नामाङ्कन पत्र भर्ने अन्तिम दिन २७ मार्च रहेको छ।

नामाङ्कन पत्रको जाँच २८ मार्चका दिन गरिनेछ। ३० मार्चसम्म नामाङ्कन पत्र फिर्ता लिन सकिनेछ।

मुख्य चुनाउ आयुक्त कुमारले आज सिक्किम विधानसभा चुनाउसँगै लोकसभा चुनाउको पनि घोषणा गरेका हुन्।
सिक्किम विधानसभाको सिट सङ्ख्या ३२ छ।

सिक्किममा लोकसभा चुनाउका लागि पनि १९ अप्रेलकै दिन मतदान हुनेछ। सिक्किममा लोकसभाको सिट सङ्ख्या एउटा छ।

आज चुनाउको मिति घोषणा हुन अघि नै केही दिन अघिदेखि यहाँका राजनीतिक दलहरू चुनाउ प्रसार अभियानमा होमिसकेका छन्।

उल्लेखनीय छ, सिक्किमको सत्तामा पुनः फर्किने लक्ष्य राखेर सक्रिय बनेको सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) ले पाँचजना र सिक्किमका सामाजिक र राजनीतिक मुद्दालाई उठान गर्दै आएको गैर राजनीतिक सङ्गठन मञ्च सिक्किमले तीनजना निर्दलीय उम्मेदवारको घोषणा गरिसकेको छ।

मुख्य चुनाउ आयुक्त राजीव कुमारले स्वतन्त्र, निष्पक्ष र हिंसारहित चुनाउ गराउन आयोगले सबै प्रकारका प्रबन्ध मिलाएको जानकरी गराएका छन् ।

अर्कोतर्फ, आज चुनाउको घोषणा हुनसाथै आदर्श आचार सहिंता पनि स्वतः लागू भएको छ ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here