कालेबुङ, १७ मार्चः घरमा आगो लाग्दा जलेर एकै परिवारका तीनजना सदस्यको मृत्यु भएको छ।
यो मर्मान्तिक घटना कालेबुङ जिल्लाको पेदोङ ग्राम पञ्चायतअन्तर्गत लोअर मेवाङको मेरोङ बस्तीमा भएको हो।
जानकारीका अनुसार राम कुमार विश्वकर्मको घरमा हिजो राति लगभग १०:३० बजे आगो लागेको हो।
यो भीषण आगलागीको चपेटमा परी ४२ वर्षीय रामकुमार विश्वकर्म, उनकी ३२ वर्षीय पत्नी लीला दर्जी र ५ वर्षीय छोरी उर्मिला विश्वकर्माको मृत्यु भएको छ।
पूर्ण रूपले जलेका तीनवटै शवलाई पुलिसले आफ्नो अधीनमा लिएर पोस्टमर्टमका लागि कालेबुङ जिल्ला अस्पताल पठाएको छ।
घर पूर्ण रूपले जलेर खरानी भएको छ। निदाएका अवस्थामा भएकाले तथा आगोले उग्र रूपले लिएकाले पनि तीनैजनाले आफ्नो ज्यान बचाउन नसकिएको बताइएको छ।
यो मर्मान्तिक घटनाले क्षेत्रमा शोकको लहर छाएको छ।
यस दुखद् घटनामा परी ज्यान गुमाउने तीनैजनाप्रति दार्जिलिङ टक्स हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछ।