विष्टले टिकट पाएपछि बजगाइँले भने – म चुनाउ लड्छु

0
419

सिलगढी, 24 मार्चः  खरसाङका भाजपा विधायक बीपी बजगाइँले लोकसभा चुनाउ लड्ने आफ्नो अडानलाई दोहोऱ्याएका छन् ।

आज भाजपाले जारी गरेको पाँचौ चरणको सूचीअनुसार दार्जिलिङ संसदीय क्षेत्रबाट भाजपाले राजु विष्टलाई नै टिकट दिएपछि बजगाइँले यस्तो अडान दोहोऱ्याएका हुन् ।

उनले विष्टलाई बधाई दिँदै भनेका छन् – म मेरो वचनमा अडिग छु । यसपटक भूमिपुत्रले टिकट नपाए आफ्नै पार्टीको उम्मेदवारविरुद्ध चुनाउ लड्नेछु भन्ने मेरो प्रतिबद्धता हो ।

बजगाइँको दाबीका अनुसार छुट्टै राज्यको मुद्दा उनका लागि केवल मुद्दा मात्र होइन, तर प्रतिज्ञा पनि हो ।

लगातार तीनपटक बाहिरबाट आएका उम्मेदवार छुट्टै राज्यको मुद्दाका लागि केवल ढकनी साबित भएको बीपी बजगाइँको आरोप छ।

भाजपाले दार्जिलिङ संसदीय क्षेत्रबाट भूमिपुत्र उम्मेदवार नदिनु स्थानीय नागरिकहरूका लागि दुर्भाग्यका कुरा बताउँदै लोकसभा चुनाउ लड़्ने बजगाइँले घोषणा नै गरेका छन् ।

यस्तो घोषणा गर्दै उनले भनेका छन् –  यस माटाका हितमा म चुनाउ लड़्दैछु । अब चुनावी मैदानमा हाम्रो भेट हुनेछ ।

उल्लेखनीय छ, पछिल्लो केही महिनादेखि बीपी बजगाइँले लोकसभा चुनाउ लड्न तयारी सुरु गरिरहेका थिए । विशेषगरी पछिल्लो वर्षको मध्यदेखि विष्टसँग सम्बन्ध चिसिएपछि बजगाइँले यी सांसदको आलोचना गर्दै आइरहेका थिए ।

धेरै अवसरमा र धेरै ठाउँमा उनले राजु विष्ट गोर्खाका मुद्दा सम्बन्धमा इमानदार नरहेको आरोपसमेत लगाइसकेका छन् ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here