एसडीएफले घोषणा गऱ्यो विधानसभा र लोकसभा उम्मेदवारका नाम

0
483

गान्तोक, २६ मार्चः सिक्किमको प्रमुख विपक्षी दल सिक्किम प्रजातान्त्रिक मोर्चा (एसडीएफ)-ले आज बत्तिसवटै विधानसभा आसन र लोकसभा चुनाउका लागि आफ्ना उम्मेदवारका नाम घोषणा गरेको छ ।

एसडीएफ अध्यक्ष एवं पूर्व मुख्यमन्त्री पवन चाम्लिङ पोकलोक-कामराङ र नाम्चेबुङबाट चुनाउ लड्दैछन् । पोकलोक-कामराङमा एसकेएमले भोजराज राई र नाम्चेबुङबाट राजु बस्नेतलाई टिकट दिएको छ ।

आज घोषणा गरिएका बत्तिसमध्ये पाँच आसनका लागि एसडीएफले अघिबाटै आफ्ना उम्मेदवारका नाम घोषणा गरेको थियो ।

एसडीएफले योक्सम-टाशिडिङबाट मेयोङ ग्याछो भोटिया, याङथाङबाट केशम लिम्बू, रिन्चेनपोङबाट नोर्देन लेप्चा, मानेबुङ-देन्तामबाट टीआर खुलाल, गेजिङ-बर्मेकबाट डा. टीका नेपाल, दरामदिनबाट पीएन शेर्पा, सोरेङ-च्याखुङबाट डा. एडी सुब्बा, जूम-सालघारीबाट जेबी दर्नाल, बर्फुङबाट भाइचुङ भोटिया, पोकलोक-कामराङबाट पवन चाम्लिङ, नाम्ची-सिङ्गीथाङबाट विमल राई, मल्लीबाट निर्मल कुमार प्रधान, नाम्थाङ-रातेपानीबाट सुमन प्रधान, तिमी-नाम्फिङबाट सुमन तिवारी, राङ्गाङ-याङ्गाङबाट एमके सुब्बा, खाम्दोङ-सिङ्ताम डा. एमके शर्मा, वेस्ट पाण्डामबाट अनुप ठटाल, रिनकबाट सोमनाथ पौडेल, छुजाचेनबाट एमके गुरुङ, नाथाङ-माछोङबाट छिरिङ वाङ्दी लेप्चा, मार्तम-रुम्तेकबाट डा. मिचुङ भोटिया, अप्पर तादोङबाट डा. सीबी छेत्री, गान्तोकबाट पिन्छो छोपेल लेप्चा, अप्पर बुर्तुकबाट डीबी थापा मगर, स्यारीबाट तेन्जिङ नर्बु लाम्टा र सङ्घ सिटबाट आचार्य छिरिङ लामालाई टिकट दिएको छ ।

उल्लेखनीय छ, रिनक र रिन्चेनपोङ गरी दुई निर्वाचन क्षेत्रका उम्मेदवार एसडीएफले परिवर्तन गरेको छ । पहिला रिनकबाट डा. सङ्गीता भण्डारी र रिन्चेनपोङबाट सोनाम पाल्देन भोटियालाई टिकट दिएको थियो।

यसैबिच, एसडीएफले लोकसभाका लागि पीडी राईलाई उम्मेदवार बनाएको छ ।

उल्लेखनीय छ, चुनाउको घोषणा हुनअघि नै अर्थात् ११ मार्चका दिन एसडीएफले लाचेन-मङ्गनबाट हिस्से लाचुङ्पा, जङ्गुबाट सोनाम ग्याछो लेप्चा, कबी-लुङ्चोकबाट नवाङ छोपेल लेप्चा, तुमिन-लिङ्गीबाट नोर्जाङ लेप्चा र आरिथाङबाट आशिष राईलाई टिकट दिएको थियो ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here