सिटिजन एक्सन पार्टीले घोषणा गऱ्यो रहल उम्मेदवारका नाम, गणेश राई मल्ली र छुजाचेनबाट चुनाउ लड्ने

0
441

गान्तोक, २६ मार्चः सिटिजन एक्सन पार्टीले आज आफ्ना रहल उम्मेदवारका नाम घोषणा गरेको छ ।

पार्टीका मुख्य संयोजक गणेश कुमार राई मल्ली र छुजाचेन निर्वाचन क्षेत्रबाट चुनाउ लड्नेछन् । मल्ली राईको निर्वाचन क्षेत्र पनि हो ।

त्यसैगरी सिटिजन एक्सन पार्टीले गेजिङ-बर्मेकबाट पुजन खड्का (छेत्री), मानेबुङ-देन्तामबाट प्रकाश पराजुली (शर्मा), रिन्चेनपोङबाट दावा ओङ्दी लेप्चा, बर्फुङबाट  सोनाम डाडुल लेप्चा, पोकलोक-कामराङबाट सञ्जु राई, तिमी-नाम्फिङबाट विकास शर्मा, राङ्गाङ-याङ्गाङबाट अनिल कुमार शर्मा, तुमिन-लिङ्गीबाट पेमा ग्याल्पो भोटिया, वेस्ट पाण्डामबाट डा. मदन कुमार शिवशङ्कर, स्यारीबाट सोनाम छिरिङ लेप्चा, मार्तम-रूम्तेकबाट कर्मा छिरिङ भोटियालाई टिकट दिएको छ ।

सिटिजन एक्सन पार्टीले अझै सोरेङ-च्याखुङ र कबी-लुङ्चोक निर्वाचन क्षेत्रबाट उम्मेदवारका नाम घोषणा गर्न बाँकी छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here