गान्तोक, ३१ मार्चः भारतीय जनता पार्टीका पूर्व विधायक केएस लेप्चासहित भाजपाका अन्य कार्यकर्ता आज एसकेएम पार्टीमा सामेल भएका छन्।
२०१९ को विधानसभा चुनाउमा रिन्चेनपोङ क्षेत्रबाट एसडीएफको टिकटमा विजयी बनेका केएस लेप्चा पछि भारतीय जनता पार्टीमा सामेल भएका थिए । आजै लेप्चाले भाजपाबाट राजीनामा दिएका थिए।
उनीबाहेक एसकेएम सामेल हुनेहरूमा भाजपाका पूर्व प्रवक्ता डा. कमल अधिकारी, भाजपाका कार्यकारी सदस्य एवं एसटी मोर्चाकी अध्यक्ष कर्मा छुकी भोटिया, भाजपाका गेजिङ जिल्ला महासचिव लक्ष्मीप्रसाद शर्मा, रिन्चेनपोङका सीएलसी अध्यक्ष अमृत गुरुङ, भाजपा युवा मोर्चा सोरेङका अध्यक्ष दिलबहादुर सुब्बा, भाजपा युवा मोर्चा राज्य महासचिव मोहन गुरुङ, भाजपा रिन्चेनपोङका सीएलसी महासचिव पासाङ छिरिङ भोटिया, भुपेन्द्र सुब्बा, पासाङ भोटिया, जसराज गुरुङ र एनबी सुब्बा छन्।
अर्कोतर्फ, गान्तोकका पूर्व मेयर एवं एसडीएफका नेता केएन तोप्गे पनि आज एसकेएममा सामेल भएका छन्।