घर घर पुग्दै डा. मिचुङ

0
458

गान्तोक, ९ अप्रेलः पूर्व सिक्किमको मार्ताम-रुम्तेक समष्टिका एसडीएफ उम्मेदवार डा. मिचुङ भोटिया आफ्ना पार्टी कार्यकर्तीहरूका साथमा घरदैलो अभियानमा लागि परेका छन्।

आज डा. भोटियाले १५ रे-मिन्दु जीपीयूअन्तर्गत तिम्प्याङ, मिन्दु, धजे र लोअर लिम्दुङ वार्डका मानिसहरूसँग भेट गरे भने हिजो केराबारी र छलम्थाङ वार्डमा मानिसहरूसँग भेट गरेका थिए।

मानिसहरूसँगको भेट्नेक्रममा डा. भोटियाले एसडीएफको सरकार आएको खण्डमा विभिन्न काम गर्ने योजना रहेको बताए।

एसडीएफ कार्यकर्ता सम्झना चाम्लिङद्वारा जारी विज्ञप्तिअनुसार डा. मिचुङ भोटियाले ‘‘एसकेएम सरकारले ‘पञ्चायती राज’ मास्ने काम भएको छ’’ भनी बताए।

उनले ‘‘पञ्चायती राज भनेको गाउँको सरकार हो’’ भन्दै ‘‘हामी यसलाई मास्न दिनेछैनौँ’’ भन्ने वचन दिएका छन्।

यसरी नै  ‘‘वार्डसभा र ग्रामसभामा पारित मागहरू पनि एसकेएम सरकारमा कुनै पूरा भएन’’ भन्दै ‘‘तर, एसडीएफ २.० आएपछि ग्रामसभामा पारित भएका प्रत्येक वार्डका मागहरू पूरा गर्नेछ’’ भनी आश्‍वासन दिएका छन्।

उनले अझ भनेका छन्, ‘‘एसकेएम पार्टीको सरकारमा बीएल समुदायको आरक्षण घटाएर ८ प्रतिशत बनाएको छ, जो बीएल समुदायमाछि ‘पोलिटिकल एट्रेक’ हो।’’

यसरी नै ‘‘एसडीएफ २.० आएपछि कोभिड-१९ ले मृत्यु भएकाहरूका परिवारका सदस्यलाई सरकारी नोकरी दिइने छ’’ भन्दै ‘‘युनाइडेट क्रिस्टेन फेलोसिप राङ्का, बर्बिङ, धजे, तल्लो लिङ्दुमका लागि क्रेमाटोरियम सेन्टर सरकारी जमिनमा मिलाइदिइने छ’’ भनी वचन दिएका छन्।

विज्ञप्तिमा अझ उल्लेख गरेअनुसार बरबिङ वार्डमा रहेको कञ्चनजङ्घा टुरिस्ट भिल्लाको छानबिन गरेर त्यहाँ ४० प्रतिशत स्थानीय युवावर्गलाई नोकरी दिलाउने डा. मिचुङले वचन दिएका छन् भने गाउँघरमा गाईवस्तु, सुङ्गुर, बाख्रा पालन गरिरहेका कृषकवर्गलाई सहयोग राशि दिने पनि बताएका छन्।

यसका साथै भने भनेका छन्, ‘‘यदि कसैको गाईवस्तु लम्पी भाइरसले मरेको खण्डमा सरकारद्वारा दस हजार, सुङ्गुर मगरेको खण्डमा तीस हजार, बाख्रा मरेको खण्डमा पन्ध्र सहयोग नगत राशि दिनेछौँ।

यो रुपियाँ इन्स्युरेन्स बिनानै सोझै कृषकलाई दिइनेछ। यतिमात्र होइन, पोल्ट्री चलाउन चाहने कृषकवर्गलाई पचास हजार रुपियाँ दिनेछौँ।’’

यसरी नै वार्ड र जीपीयूमा युवाहरूका लागि ‘स्पोर्ट्स क्लब’ खोलिने, खेलकुदमा राम्रो प्रदर्शन गर्ने युवावाई अघि बढ्नका लागि आर्थिक सहयोग दिइने उनले बताएका छन् भने ‘जैविक अभियान’-लाई पुनर्जागृत गराइने अनि प्रत्येक जैविक कृषकलाई बीउबिजन समयमा उपलब्ध गराइने पनि वचनवद्ध रहेका छन्।

यस्तै प्रकारले राउते-रुम्तेक, रे-मिन्दु जीपीयूको बर्बिङ, धजे, तल्लो लिम्दुङ वार्डमा केही वर्ष यता बाँदरले दुःख दिइरहेको आफूलाई जानकारी रहेको बताउँदै यस्ता कुराहरूले ग्रामीण अर्थतन्त्रलाई नकारात्मक प्रभाव पारिरहेको बताए।

यसलाई ग्रामसभामा उठाइएको भए पनि समाधान नभएको बताउँदै एसडीएफ पार्टीको सरकार आएपछि यसको पनि पूर्णरूपमा समाधान गरिने र यी सबैका लागि मार्ताम-रुम्तेक समष्टिका सम्पूर्ण जनताले छाताको चिनोमा भोट दिएर आफूलाई भारी मतले विजय गराइदिने डा. मिचुङ भोटियाले अपील पनि गरेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here