साहित्यकार एडोन रोङ्गोङको निधन

0
498

सिलगढी, १५ मई : साहित्यकार एडोन रोङ्गोङ अब हामीबिच सशरीर रहेनन्। न्यु रङ्गिया बस्तीस्थित निवासमा आज बिहान करिब ७ बजे उनको निधन भएको हो । रोङ्गोङ ८४ वर्ष पुगेका थिए।

उनी केही वर्षदेखि बिरामी थिए।

१७ अप्रेल १९४० मा जन्मेका एडोन रोङ्गोङले नेपाली कथा लेखनका महत्त्वपूर्ण योगदान दिएका छन् । उनका विपनाहार (कथा सङ्ग्रह-१९६५), हारभित्रको जीत (अनूदित लघु उपन्यास-१९६७), चोइटा (कथा सङ्ग्रह – १९७०), साना ठुला ताराहरू (बाल कथा सङ्ग्रह – १९७०), मायाका फूलहरू (बालकथा सङ्ग्रह), बाल गीतमाला (बाल गीतसङ्ग्रह – १९९१), यत्न प्रयत्न (लेख सङ्ग्रह – २०००), एकान्तभित्रका स्वतन्त्रतिर (कथा सङ्ग्रह – २०१०), रूख यो सडक मास्तिरको (कविता सङ्ग्रह – २०१४), सीमादेखि सीमासम्म (कविता सङ्ग्रह – २०२३), अजम्बरी गङ्गाप्रसाद प्रधान (संयुक्त सम्पादन- २०१२), वचनको साथमा हामी (बाइबलको ऐतिहासिक लेख – २०१४) र ईश्वरीय स्वरूपहरू (आध्यात्मिक लेख सङ्कलन – २०२३) आदि कृति प्रकाशित छन् ।

युवा उमेरमा राजनीतिमा पनि सक्रिय भूमिका निर्वाह गरेका साहित्यकार एडोन रोङ्गोङले दीयो, आँखा, हेर त ती नयाँ भइसके, सचेतक, र विभावना पत्रिकाको सम्पादन पनि गरेका छन्।

नेपाली साहित्यमा पुऱ्याएको दीर्घकालीन साहित्यसेवास्वरूप उनले पारसमणि पुरस्कारस्रष्टा पुरस्कार पाएका थिए भने दर्जनौँ सङ्घ-संस्थाबाट सम्मानित पनि भएका थिए ।

साहित्यकार रोङ्गोङले आफूपछि श्रीमती र तीन छोरी छाडिगएका छन् ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here